हुम्लामा जनयुद्ध’को झल्को : धेरैलाई लाग्न सक्छ कि माओवादी सकियो अहँ, सकिएको छैन !

‘कसले भन्छ यहाँ क्रान्ति सफल हुँदैन
कसले भन्छ योद्धाको जित हुँदैन
एकदुई मार हुन सक्छ
तर, मुटु इस्पात बन्छ’

पूर्ण घर्तीको शब्द रचना र मोहित विद्रोहीको आवाज तथा संगीतमा रहेको यो क्रान्तिकारी गीतले जनयु’द्धको झल्को दिन्छ । शान्ति प्रक्रियापछि यस्ता खालका गीतहरु बिरलै सुनिन्छन् ।

बिहीबार हुम्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने ताजाकोटको छप्रेलामा यो र यस्तै अन्य क्रान्तिकारी गीत घन्किए । ती गीतमा ‘योङ कम्युनिस्ट लिग’ (वाईसीएल)का सदस्यहरुले नाचगान गरे । स्थानीयवासीका अनुसार ती दृश्यले जनयु’द्धकै समयका सांस्कृतिक कार्यक्रमको झल्को दिएको थियो ।

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपाल, ताजाकोटले आयोजना गरेको उक्त कार्यक्रममा झण्डै तीन हजार नेता तथा कार्यकर्ता सहभागी थिए । त्यहाँ झण्डै ५ सयको संख्यामा वाईसीएलकै युवा थिए । ताजाकोटमा वाईसीएलका विभिन्न तीन कमिटीमा झण्डै ५ सय सदस्य छन् । वाईसीएल ताजाकोटले केही समय अगाडिदेखि नै प्रत्येक वडामा कमिटी गठन गरेको थियो ।

वाईसीएलका ताजाकोट गाउँपालिका अध्यक्ष गणेश मल्ल भन्छन्, ‘अहिले धेरैले सोध्ने गर्दछन्– वाईसीएल खोई ? भनेर । मेरो दाबा छ, केन्द्रदेखि स्थानीय तहसम्म अपवाद छोडेर वाईसीएल संगठन बनेको छ ।’

उसो त ताजाकोट नेकपा माओवादी केन्द्रको आधार इलाका नै हो । ताजाकोटका पाँचवटै वडामा माओवादीको वर्चश्व छ ।

लामो समयदेखि संगठन विस्तार र कार्यकर्तामा उत्साह भर्ने काम नभएको समयमा यस्ता कार्यक्रमले क्रान्तिकारी विचारधारा बोकेका कार्यकर्तालाई गोलवद्ध गर्न मद्दत पुग्ने माओवादी केन्द्रका स्थानीय नेताहरु बताउँछन् ।

वाईसीएलका गाउँ कमिटी अध्यक्ष मल्लले पार्टीमा युवाहरुको आकर्षण कायमै छ भन्ने सन्देश दिनका लागि पनि यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

उनले भने, ‘माओवादीका केन्द्रीय नेताहरु आफ्ना एजेण्डाबाट ब्याक हुनु हुँदैन, जनताबाट टाढा हुनु हुँदैन । हरेक दुर्गम बस्तीमा, पहाडी तथा विपन्न क्षेत्रमा माओवादीको बाहुल्यता छ र हरेक क्षेत्रमा माओवादी छन् भनेर सन्देश छर्नु आजको आवश्यकता हो ।’ सोही अनुसार माओवादीको ‘लालकिल्ला’मा जनयु’द्धको आभाष दिलाइएको उनले बताए ।

‘धेरैलाई लाग्न सक्छ कि माओवादी सकियो । अहँ, सकिएको छैन, जनताकै बीचमा छ,’ उनी भन्छन् । बिहीबारको कार्यक्रममा माओवादी जिल्ला अध्यक्ष लालकेश जैसी, पार्टी जिल्ला कमिटी सदस्य एवं ताजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल, गाउँपालिका कमिटी अध्यक्ष ईन्द्र लगायतको उपस्थिति रहेको मल्लले जानकारी गराए ।

अध्यक्ष मल्लका अनुसार बिहीबारको भेलामा नेकपा एमाले र काँग्रेस त्यागेर २७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…