कांग्रेस नेतृत्वको सरकारका मन्त्रीहरुले भ्रष्टाचार गर्न नपाउने!

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सरकारमा मन्त्रीहरुले भ्रष्टाचार गर्न नपाउने गरी कार्यदलले प्रतिवेदन बनाएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले शुक्रबार गठबन्धनका नेताहरुलाई बुझाएको प्रतिवेदनमा मन्त्रीहरूमाथि भ्रष्टाचार गर्न नदिन कडा नियम बनाइएको छ।

खड्का नेतृत्वको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका न्यूनतम् साझा प्रतिवेदन आजै बुझाएको छ। बालुवाटारमा कार्यदलले आफ्नो प्रतिवेदन देउवा र दाहाललाई बुझाएको हो।

खड्का कार्यदलको प्रतिवेदनमा कोरोना भाइरस महामारी नियन्त्रण, मधेसवादी दलको माग पूरा गर्न संविधान संशोधन, मधेस आन्दोलनपछि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेसहितका कुरा समेटिएका छन्।

कार्यदलले बुझाएको प्रतिवेदनमा मन्त्रीहरुलाई पनि कडा आचारसंहिता तोकिएको छ। जहाँ मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता उपशीर्षकमा उनीहरुले पालना गर्नुपर्ने नियमबारे चर्चा गरिएको छ।

कार्यदलले बुझाएको प्रतिवेदनको मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता अन्तर्गत बुँद नम्बर ७ देखि १२ सम्म यसबारे चर्चा गरिएको छ। जसको बुँदा नम्बर ७ भनिएको छ, ‘स्वच्छ आचरण र उच्च नैतिकता कायम गर्दै कुनै प्रलोभन एवम् दवाबमा नपरी आफ्नो पदीय जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्नुपर्ने छ।’

त्यस्तै बुँदा नम्बर ८ मा पद र अख्तियारीको दुरूपयोग गर्ने वा कुनै पनि अनुचित र गैरकानुनी सुविधा उपलब्ध गर्न गराउन नपाइने नियम तोकिएको छ। त्यस्तै बुँदा नम्बर ९ मा भनिएको छ, ‘मन्त्रिपरिषदको गोपनीयता कायम गर्दै अनुशासन र शिष्टाचारको पूर्णरूपमा पालना गर्नुपर्ने छ।’

बुँदा नम्बर १० मा मन्त्रीहरुले भ्रष्टाचार गर्न नपाइने उल्लेख गरिएको छ। ‘पदीय जिम्मेवारी निर्वाह गर्दा व्यक्तिगत स्वार्थबाट प्रेरित भई अनियमितता तथा भ्रष्टाचारजन्य कार्य गर्न पाइने छैन’, १० नम्बर बुँदामा भनिएको छ।

अर्कातिर बुँदा नम्बर ११ मा मन्त्रीहरूले साधा जीवन र कडा परिश्रमको नीतिप्रति प्रतिवद्ध रहँदै मितव्ययिता अपनाउनुपर्ने जनाइएको छ।

बुँदा नम्बर १२ मा मुलुक र जनताको हितविपरीतका कुनै पनि क्रियाकलापमा संलग्न हुन नपाइने भनिएको छ। त्यस्तै यही बुँदामा पदीय मर्यादा, प्रतिष्ठा र जिम्मेवारीमा आँच पुग्ने गरी कसैसँग सम्बन्ध राख्न नपाइने नियम बनाइएको छ।

अर्को बुँदा नम्बर १३ मा आफ्नो पदीय हैसियतबाट गरिने कुनै पनि मनोनयन र नियुक्ति निष्पक्ष, स्वतन्त्र तथा समावेशी ढङ्गले गर्नुपर्ने जनाइएको छ।

मन्त्रीहरुका लागि जारी आचारसंहितासम्बन्धी १४ नम्बर बुँदामा यदि यस विपरीत गएमा मन्त्री पदबाट हटाउन सकिने भनिएको छ। ‘आचारसंहिता विपरीत कार्य गरको पाइएमा प्रधानमन्त्रीले पदमुक्त गर्ने छ’, यसमा भनिएको छ, ‘यसका लागि प्रधानमन्त्रीले सम्बन्धित दलसँग आवश्यकतानुसार परामर्श गर्न सक्ने छन्।’

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…