सावधान ! बच्चालाई सुताएर दुध खुवाउँदा हुनसक्छ कान पाक्ने समस्या

डा. जयेन्द्र प्रधानांग नाक, कान, घाँटी रोग विशेषज्ञ

बच्चा र वयष्कको कानको एनोटोमीमा फरक हुन्छ । कानबाट घाँटीमा जाने एउटा ट्युब हुन्छ । त्यसलाई हामी स्टुयाच्युट ट्युब भन्छौ । कानको मध्य भागबाट नाकको पछाडि घाँटीसम्म जान्छ । बच्चाको सानो, मोटो र सीधा (तेर्सो) हुन्छ । तर, वयष्कमा भने मसिनो, सानो र ठाडो हुन्छ ।

तरल पदार्थ (दूध) पनि माथिबाट तल जाने हो । बच्चालाई सुताएर दूध खुवाउँदा सीधै कानमा होइन कि घाँटीमार्फत कानसम्म जान्छ । त्यसैले बच्चालाई सुताएर दूध खवाउनु हुन्न भनिएको हो । स्टुयाच्यूट ट्युबबाट दूध जाँदा कानमा इन्फेक्सन हुन्छ । कहिलेकाहीँ कानबाट पिप बाहिर आउँछ । यस्तो अवस्थामा बच्चाहरु कान समातेर रोइरहने र कान कोट्याउने गर्छन् ।

दूध कानमा जाने र इन्फेक्सन हुने समस्या दुई वर्ष उमेरसम्मका बच्चामा बढी देखिन्छ । यो उमेर समूहका बच्चामा आधाजसो दूध कानमा पुगेर इन्फेक्सन हुन्छ । कानको जालीमा पर्दा बाहिरको धूलो पस्छ र इन्फेक्सन हुन्छ । कहिले जाली टालिँदै जान्छ । तर, हिलिङ भएमा प्वाल परेको जाली टालिँदैन । कान पाक्दा हामी बाहिरी रुपमा मात्र इन्फेक्सनको उपचार गर्छौं । तर, भित्र पनि इन्फेक्सन हुँदा कान पाकिरहन्छ । कान पाक्ने समस्यालाई हल्का रुपमा लिनु उचित होइन ।

जालीमा प्वाल भएपछि सुन्ने शक्तिमा कमी आउँछ । पटकपटक इन्फेक्सन हुन्छ र कान पाक्छ । क्रोेनिक हुँदा सुन्ने क्षमतामा निकै कम हुन्छ । कानको माथिल्लो भागको हड्डी खिइँदै जान्छ । ब्यारियर ब्याक खिइँदा फेसियल नर्भमा असर परी आँखा बन्द नहुने र फेसियल एक्सप्रेसनमा समस्या देखिन्छ ।  ब्रेनमै पनि पुग्न सक्छ । जुन कानमा समस्या हुन्छ त्यही भागको आँखा बन्द नहुन सक्छ ।

ब्यालेन्स अर्गान र हेयरिङ अर्गानमा पनि समस्या हुन्छ । यस्तो अवस्थामा चक्कर लागिरहन्छ । कान पाकेको छ र नराम्रो गन्ध आइरहेको छ भने अन्य रोगको लक्षण पनि हुन सक्छ । जालीका प्वाल नटालिए र इन्फेक्सन भइरहे शल्यक्रिया गर्नुपर्ने हुन सक्छ ।

कसरी बच्ने ?

बच्चालाई सुताएर दूध नखुवाउने । बच्चाको कानमा समस्या देखिएका समयमै उपचार गर्ने । बच्चाको कानमा तेल नराख्ने । तेल राख्दा बाहिरको फोहोर भित्र गएर इन्फेक्सन हुन्छ । औषधि पसलमा गएर कान पाकेको छ भन्दैमा जे पायो त्यही औषधि नराख्ने । नाक, कान, घाँटीका डाक्टरलाई देखाउने ।

भर्खरै प्रकाशित

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…