सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ?

काठमाडौं : सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उक्त आयोग खारेज गरेको हो। केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ९ गते गठन गरेको उक्त आयोगको अध्यक्ष देवी ज्ञवाली थिए।

२०७७ माघ १५ देखि जिल्लामा समेत उक्त आयोग गठन गरिएको थियो। भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ ख को उपदफा (६) को आधारमा उक्त आयोग गठन गरिएको थियो। उक्त आयोगले स्थापनादेखि असार मसान्तसम्म २१ करोड २७ लाख रुपैयाँ खर्च गरिसकेको छ।

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछी नेकपा एमाले केपी ओली समर्थक राष्ट्रिय युवा संघले विरोध गरेको छ । राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकु म्बासीबस्तीबाट मूल सडकसम्म जु’लुस निकालेको थियो । प्र’दर्शनमा सुकुम्बासी भन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए ।

युवा संघको त्यही प्रदर्शनसँगै एउटा तस्बिर अहिले सामाजिक संजालमा चर्चामा रह्यो । तस्बिर भने यतिकै भाईरल भएको थिएन । घाँटीमा ठुलो सुनको सिक्री लगाएका एक युवा सुकुम्बासीको जु’लुसमा सहभागी थिए । युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि यो तस्वीर निकै भाईरल भएको थियो ।

उनले निधारमा कालो फेटा बाँ’धेर ‘जमीन त खो’सिस् सरकार, नागरिकता पनि खोस् !’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।यही भाइरल तस्वीरमा देखिएका युवक सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पी’डितहरूको पक्षमा आवाज उठाउन गएको बताएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका घर भई हाल कोटेश्वर बस्ने उनको नाम वीर बहादुर श्रेष्ठ (सुमन) हो। उनले भने भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको भन्दै उनले भने, ‘म २/४ तोला सुन लगाउँछु, यो मेरो सोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ? ’

यो तस्बिर भाइरल भएपछी ओली सरकारले वास्तविक सिकुम्बसीलाइ भन्दा हुकुम्बसिलाई जग्गा बाड्न खोजेको रहेछ्भंदै झन् आलोचना भैरहेको छ । अधिकाम्स प्रयोगकर्ता हरुले जग्गा त खोसिस सरकार घाटीको दाम्लो चाहि नखोस भन्दै प्रतिक्रिया जनाइरहेका छन् ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…