सीप र मिहिनेतको कमाल : खेर गइरहेको बाँसका सुन्दर सामग्री निर्माण गर्दै युवती

टीकाबहादुर बस्नेत

सीप र मिहिनेत खर्चने हो भने ढुङ्गामा फूल फुलाउन सकिन्छ भन्ने प्रमाण दाङको तुलसीपुरका स्थानीयले प्रस्तुत गरेका छन् । गाउँमा खेर गइरहेका बाँसबाट सुन्दर सामग्री निर्माण गरेर स्थानीयहरुले स्थानीय कच्चा पद्धार्थबाट सुन्दर सामग्री निर्माण गर्न सकिन्छ भन्ने प्रमाण प्रस्तुत गरेका हुन् ।

वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा श्रम खर्चेका युवाहरुका लागि मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा मेट्रो कलेजले आयोजना गरेको तालिममा सहभागी भएका युवाहरुले उत्पादन गरेका बाँसका सामग्रीहरुले सबैलाई आकर्षण गरेका छन् ।

उर्जाशील समय विदेशी भूमिमा बिताएका तुलसीपुर १९ का लोकबहादुर घर्तीले जीवन धान्ने माध्यम बाँसका सामग्रीलाई बनाएको बताउनुभयो । ‘बाँसबाट यति सुन्दर सामग्री बनाउन सकिदो रहेछ । बेरोजगार भएपछि कतारमा लामो समय बसियो । मेट्रो कलेजले उपलब्ध गराएको तालिमले मेरो जीवन बदलिदियो’, लोकबहादुरले भन्नुभयो, ‘उर्जाशील समय विदेशमा बिताइयो । स्वदेशमै केही गर्नुपर्दछ भन्ने आशा पलाएको छ ।’

खिमबहादुर जस्तै तुलसीपुर १९ कै खीमा बिकको पनि जीवन धान्ने माध्यम बाँस बनिदिएको छ । बाँसबाट विभिन्न सामग्री निर्माण गर्ने गरेको बताउँदै खीमाले गाउँघरमा खेर गइरहेको बाँसबाट ढकिया, कलमदानी, फूलदानी, चुरादानी, स्टे«, घडी फ्रेमलगायतका सामग्री निर्माण गरिरहेको बताउनुभयो । खिमबहादुर र खीमा उदाहरण मात्रै हुनुहुन्छ, उहाँहरुजस्तै तुलसीपुरका २० जना युवाहरुको जीवन धान्ने माध्यम बाँस बनेको छ ।

तालिममा सहभागी भएर बाँसका सामग्री निर्माण गर्न सिकेका युवाहरुले जीवन धान्ने माध्यम बाँसलाई बनाएका छन् । युवाहरुले निर्माण गरेका सामग्रीलाई उपमहानगरपालिकाले बजारीकरण गर्ने जनाएको छ । उपमहानगरपालिकाका कार्यवाहक अध्यक्ष सूर्यबहादुर डाँगीले कोसेली घर बनाएर बाँसबाट बनेका सामग्रीहरुको बजारीकरण गर्ने बताउनुभयो ।

वैदेशिक रोजगारबाट फर्किएका र कोभिडका कारण रोजगार गुमाएका युवाहरुलाई स्वरोजगार बनाउनका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।

‘तपाईसँग भएको सीपलाई हामीले कुनै पनि हालतमा खेर जान दिँदैनौं । प्रविधि, स्रोत साधन जे चाहिन्छ सहयोग गर्छौं । तपाईहरु उत्पादनमा ध्यान दिनुहोस्, बजारीकरण हामी गर्छौं ।’

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…