किम जोङ उनको टाउकोमा देखियो यस्तो दाग

उत्तर कोरियाले आफ्नो देशभित्रका धेरै कुराहरु गोप्य राख्छ । यहाँका सर्वोच्च नेता किम जोङ उन आफैंमा रहस्यमयी छन् । त्यहीकारण, उनको स्वास्थलाई लिएर पनि अनेक अड्कल भइरहन्छ ।

केही दिनअघि सार्वजनिक भएको तस्विरमा किम निकै कमजोर देखिएका थिए र उनको वजन कमजोर भएको दाबी समाचारहरुमा गरियो । उनका पछिल्ला तस्बिरहरु फेरि चर्चामा छन् ।

एनके न्युजले किमका नयाँ तस्बिरहरु सार्वजनिक गरेको छ । जहाँ, किमको टाउकोमा एउटा दाग देखिएको छ । यो दाग के हो ? र, कसरी यस्तो भयो भन्ने खुलेको छैन । केही तस्बिरहरुमा यो दागलाई ब्यान्डेजले ढाकिएको देख्न सकिन्छ ।

यो निशान चोटको हो या अन्य केही हो, तस्बिरबाटै पुष्टि गर्न सकिने अवस्था छैन । रिपोर्टअनुसार २४ देखि २७ जुलाईसम्म आयोजित एक सैनिक इभेन्टका दौरान यो फोटो लिइएको हो ।

आमरुपमा किमको स्वास्थबारे उत्तर कोरियामा कुनै चर्चा हुँदैन र यससँग जोडिएका जानकारी पनि गोप्य रहन्छन् । तर अहिले उनको वजनलाई लिएर पनि चिन्ता गर्न थालिएको छ ।

कोरियन पिपुल्स आर्मीका कमाण्डर र पुलिस अफिसरको वर्कशपमा किम पनि देखिएका थिए, जहाँ उनी पहिलेको दाँजोमा निकै पातलो देखिन्थे । यही कारण उनी बिरामी भएको अनुमान कतिपय सञ्चारमाध्यमले गरेका छन् ।

 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…