मेस्सीले क्लब छाड्ने बार्सिलोनाको घोषणा, नयाँ करार नगर्ने

लियोनेल मेस्सीले बार्सिलोनासँग नयाँ करार नगर्ने क्लबले जनाएको छ । स्पेनिस क्लबसँग अर्जेन्टिनी खेलाडीको करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो ।

मेस्सीले नयाँ करारबारे बिहीबार क्लबसँग छलफल पनि गरेका थिए । तर, छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी नफर्कने जानकारी दिएको हो । ‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

‘यस अवस्थाका कारण मेस्सी एफसी बार्सिलोनामा रहने छैनन् । क्लब र खेलाडीको इच्छा अन्ततः पुरा नभएकोमा दुवै पक्ष निकै दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।

यसअघि मेस्सी र क्लबबीच पाँच वर्षको करार सम्झौता गर्ने सहमति भएको थियो । ३४ वर्षीय खेलाडीले आफ्नो तलब ५० प्रतिशत कम गरेर क्लबसँग नयाँ करार गर्ने बताइएको थियो । तर, यसका बावजुद क्लबको आर्थिक अवस्थाका कारण उनलाई नयाँ सिजनका लागि दर्ता गर्न असम्भव देखिएको हो ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…