बंगलादेशमा भेटियो एक हजारवर्ष पुरानो शिवको मुर्ति

ढाका । बंगलादेशमा कालो पत्थरबाट निर्मित हिन्दू देवता विष्णुको ऐतिहासिक तथा प्राचिन मूर्ति प्रहरीले एक शिक्षकबाट बरामद गरेको छ ।

स्थानीय मिडियाका अनुसार एक हजार वर्ष पुरानो मानिएको उक्त मूर्ति प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । डेली स्टार न्युजका अनुसार प्रहरीले कुमिल्ला जिल्लाको बोरो गोली गाउँबाट उक्त मूर्ति समातिएको हो ।

बहुमुल्य यस कालो पत्थरको उचाइ झण्डै २३ इन्च छ भने चौडाइ ९ दशमलब ५ इन्च छ । साथै यसको तौल झण्डै १२ केजी छ ।

दौडकान्डी प्रहरी स्टेशनका प्रमुख नजरुल इस्लामका अनुसार अबु यूसुफ नामका शिक्षकबाट करिब डेढ महिनाअघि उक्त मूर्ति बरामद गरिएको हो । तर ती शिक्षकले प्रहरीलाई यसबारे जानकारी दिएका थिएनन् । प्रहरीका अनुसार ती शिक्षकको घरबाट सोमबार राति मूर्ति बरामद गरिएको हो ।

यूसुफले भने २०/२२ दिनअघि आफ्नो जमिनमा रहेको पोखरीमा खन्ने क्रममा उक्त मूर्ति फेला परेको थियो । त्यो पत्थर मूर्ति भन्ने थाहा पाए पनि तत्कालै प्रहरीलाई खबर गर्न फुर्सद नमिलेको प्रतिक्रिया यूसुफले दिएका छन् ।

यस मूर्तिलाई बंगलादेशका पूरातत्वविद तथा जानकारहरुले बहुमुल्य रहेको बताएका छन् । साथै यसबारे थप अनुसन्धान गरिनुपर्ने पनि बताइएको छ ।

चत्तोग्राम क्षेत्रस्थित पूरातत्व विभागका क्षेत्रीय निर्देशक अतौर रहमानले भनेका छन्, “फेला परेको भगवान विष्णुको मूर्ति ज्यादै बहुमुल्य हो । यो सम्भवत एक हजार वर्ष पुरानो हो । यसको विशेष संरक्षणका लागि यसलाई तुरुन्त मैनामती संग्रहालयमा हस्तान्तरण गरिनुपर्छ ।” फाइल तस्वीर

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…