अब केपी ओली बयलगाढा चिन्ह लिएर चुनाव लड्छन् : मेटमणि चौधरी

काठमाडौं, २१ साउन ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको छ । बैठकका लागि नेताहरु बुद्धनगरस्थित् क्वालिटी पार्टी प्यालेसमा पुगिसकेका छन् । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् ।

आज नेपाल पक्षले पार्टीमा वारपार गर्ने तयारी गरेको छ । पार्टी एकताको लागि दोस्रो पक्षका नेताहरुले नेता नेपाललाई दबाब दिएका छन् । तर, नेपाल भने अहिलेको अवस्थामा यतिकै अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्न हुन्न भन्ने पक्षमा छन् । नेता नेपाललाई तेस्रो र चौथो पुस्ताले साथ दिएका छन् । आवश्यक परे नयाँ पार्टी गठन गरेर भएपछि अघि बढ्नुपर्ने उनीहरुको आवाज छ ।

अहिले केन्द्रीय कमिटी बैठकका लागि नेताहरु पार्टी प्यालेसमा पुगिसकेका छन् । नेता तथा सांसद मेटमणि चौधरीले आफूहरु एमालेमै रहेर संघर्ष गर्ने जनाए । आउने निर्वाचनमा अध्यक्ष ओलीले बयलगाढा चिन्ह लिएर चुनाव लड्ने पनि चौधरीको टिप्पणी थियो ।

उनले आजको बैठकमा एमालेलाई कसरी व्यवस्थित् बनाउने भन्ने विषयमा सरसल्लाह र छलफल हुने जनाए । उनले भने,‘यसको लागि सुरुमा कमरेड माधव कुमार नेपालले आफ्ना कुरा राख्नुहुन्छ ।

त्यसपछि कार्यदलबाट एक जना सदस्यले अहिलेसम्म भए गरेका प्रगतिको विषयमा कुरा आउँछ, र त्यसपछि केन्द्रीय कमिटीका सदस्यहरुले आफ्ना विचारहरु राख्नुहुन्छ । अब के गर्ने ? र कुन बाटोबाट जाने भन्ने धारणा राख्छौं । आज हामी एउटा निश्कर्षमा पुग्छौं । सम्भवतः केपी ओलीले डिक्लियर नगरेपनि अब नेकपा एमालेलाई मिल्न नदिने पोसिजनमा, त्यो पक्षमा र मनोविज्ञानमा उहाँ पुगिसक्नुभएको छ ।

र, उहाँले डिक्लियर नगर्दासम्म हामीले पनि अर्को पार्टी निर्माण गर्नुपर्छ भन्ने लागेको छैन् । जब उहाँले डिक्लियर गर्नुहुन्छ, त्यसबेला हामीले जे जे कानूनी प्रावधानलाई मध्येनजर गरेर अर्को पार्टी निर्माण गर्नुपर्छ भन्ने ठाउँमा पनि पुग्नुपर्छ । र, पुग्छौं । अर्को पार्टी नबनाउँदासम्म हामीले एमालेमै रहेर आफ्ना क्रियाकलापहरु अघि बढाउँछौं ।’

उनले अध्यक्ष ओलीले एमालेलाई एक हुन नदिनको लागि दुई/तीन वर्ष अघि देखि नै लागिपरेको र आफूहरुले त्यो कुरा बुझेको पनि स्मरण गराए । उनले ओलीलाई फेरि पनि अध्यक्ष बनाउने कुरा सम्भव नभएको टिप्पणी गरे ।

उनले भने,‘केपी ओली अब बयलगाढा चुनाव चिन्ह लिएर अघि बढ्छन् । र, त्यो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (केपी ओली) राख्छन् । त्यो तरिकाले अगाडि बढ्छन् ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…