संघीय सरकारको ३० लाखमा बनाइयो रोल्पामा सीता महराको स्मृति पार्क (फोटो फिचर)

हिमाली पत्रिका 

निवर्तमान सभामुख तथा संघीय सांसद कृष्णबहादुर महरा पत्नी सीता महराको सम्झनामा रोल्पामा स्मृति पार्क निर्माण गरिएको छ ।

दिवंगत सिता महराको नाममा स्थापना गरिएको सिता महरा मेमोरियल फाउन्डेसनले दिवंगत महराको गृहनगर रोल्पा नगरपालिका १ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको फाउन्डेसनका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार संघीय सरकारको रु ३० लाख र बाँकी जनश्रमदानबाट आकर्षक पार्क निर्माण गरिएको हो । दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगुराँस, चाईनिज टिमुर लगायतका बोटबिरुवाहरुलाई संरक्षण गरेर स्मृति पार्कलाई आकर्षक र मनोरम बनाइएको छ । साथै पार्कमा आकर्षक कला र डिजाईनले पर्यटकको मनै लोभ्याउने गरेको पाइन्छ ।

 

दिवंगत सिता महराको स्मृतिमा स्थापना गरिएको फाउन्डेसनले थप सामाजिक काम गर्ने पनि बताइएको छ । तात्कालिक जनयुद्धको उद्गम थलो रोल्पामा जनयुद्धका एक कुसल अभिभावक सिता महरा स्मृतिमा निर्माण गरिएको पार्क एउटा मनोरम पर्यटकीय गन्तव्य बनेको स्थानीयको भनाइ छ । तस्वीर : खेम बुढा मगरको वालबाट

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…