तुइन फुस्काएको वास्तविकता लुकाउन आफ्नै नागरिकविरुद्ध यस्तो गर्यो एसएसबी

तुइन फुस्काएपछि महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणको वास्तविकता लुकाउन भारतको सशस्त्र सीमा बल (एसएसबी) ले हरसम्भव प्रयास गरिरहेको छ । आफ्नै नागरिकलाई महाकालीमा अवैध तुइन सञ्चालन गरेको आरोपसहित एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको हो ।

साउन १५ गतेको महाकाली नदी तुइन प्रकरण घ’टनास्थल पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत पाङला क्षेत्रमा पर्दछ । पाङला क्षेत्रको गस्कु भन्ने बस्ती नजिकबाट नेपालको व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको मालघाट तुइनले जोडिँदै आएको छ ।

घ’टनालगत्तै सीमाक्षेत्रमा बसोवास गर्ने भारतीय नागरिकले समेत एसएसबीका कारण जयसिंह धामी बेपत्ता भएको बताएपछि घ’टनाको वास्तविकता दबाउन एसएसबीले भारतीय नागरिकलाई दबावमा राख्न उजुरी दिएको हो । भारतीय पत्रिका हिन्दुस्तान दैनिकले ‘तुइन घटनाबारे भ्रम फैलाउने पाङला क्षेत्रका तीनजना भारतीय नागरिकविरुध्द एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको’ समाचार प्रकाशित गरेको छ ।

सोमबारको अंकमा प्रकाशित पत्रिकामा एसएसबीको ११औं बाहिनीले पिथौरागढ जिल्लाका प्रहरी प्रमुख (एसपी) लाई तीन भारतीय गाडी चालकविरुध्द कारबाही गर्न पत्राचार गरेको समाचार लेखिएको छ । एसएसबीको ११औं बाहिनी मुख्यालय पिथौरागढको धारचुला तहसिलभन्दा ६० किलोमिटरको दूरी डीडीहाट तहसिलमा अवस्थित छ । पत्रमा ‘घ’टनाबारे स्थानीयले सामाजिक सञ्जालबाट दुष्प्रचार गरेको’ आरोप लगाइएको छ ।

नेपाली नागरिकलाई तुइनबाट अवैध आवतजावत गराउने गरेको आरोप पनि एसएसबीले स्थानीय गाडी चालकमाथि लगाएको समाचारमा लेखिएको छ । आरोपित तीनै जनालाई सोधपुछ र कारबाहीको माग गरिएको छ । भारतको पाङला क्षेत्रको गस्कु जयकोट गाउँका स्थानीय तीन युवाविरुद्ध एसएसबीले उजुरी दिएको बुझिएको छ । एसएसबीले उजुरी दिएका स्थानीयको नाम भने खुलाइएको छैन ।

साउन १५ गतेको घटना अघिसम्म तीनै जनाले पैसा असुलेर अवैध रुपमा तुइनमार्फत नेपाली नागरिकलाई तार्ने गरेको आरोप एसएसबीले लगाएको छ । हिन्दुस्तान दैनिकमा सोमबार प्रकाशित समाचारमा “एसएसबीले तार फुुस्काएपछि उनीहरुको अवैध कारोबार ठप्प भएको’ उल्लेख छ ।

जयसिंह धामी महाकालीमा खस्दा आफू संलग्न नभएको बताउने एसएसबीले आफ्ना सुरक्षाकर्मीले साउन १५ गते तुइनको लठ्ठा काटेको विषय हिन्दुस्तान दैनिकको समाचारमा भने स्वीकारेको छ । साउन १५ गते घटनास्थलमा एसएसबीले तुइनको लठ्ठा काटेपछि भारतीय नागरिकको अवैध धन्दा बन्द भएको एसएसबीले हिन्दुस्तान दैनिक पत्रिकालाई जानकारी दिएको उल्लेख छ ।

तुइनको लठ्ठा एसएसबीले फुस्काइदिएपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएकोमा सीमाक्षेत्रका भारतीय नागरिक पनि एसएसबीप्रति आक्रोशित भएका हुन् । सीमाक्षेत्रका नेपालीहरुसँग मित्रताको सम्बन्ध भएकाले जयसिंह धामीको बेपत्ता प्रकरणमा एसएसबीको संलग्नताबारे भारतीय नागरिकले नै सामाजिक सञ्जालमा आक्रोश र दुःख पोखिरहेका छन् ।

सीमाक्षेत्रका भारतीय नागरिकलाई सामाजिक सञ्जालबाट घटनाबारे दुष्प्रचार गरेको आरोप एसएसबीले लगाएको समाचारमा उल्लेख छ । केही स्थानीयले आफूलाई बदनामी गरेको एसएसबीको आरोप छ । ‘यसबाट एसएसबीको छवि खराब भइरहेको र दुई देशको सम्बन्धमा पनि प्रतिकूल असर परिरहेको’ बारे पत्रिकाले समाचारमा उल्लेख गरेको छ । घटनाबारे कुनै फोटो वा भिडियोलगायतका प्रमाण भएमा एसएसबीलाई उपलब्ध गराउन पनि भारतीय क्षेत्रका स्थानीयसँग आग्रह गरिएको छ ।

यसैबीच,भारत धारचुला तहसिलका एसडिएम अनिलकुमार शुक्लाले तुइनबाट आवतजावत गर्नु अवैध रहेको बताएका छन् । अवैध माध्यमको प्रयोग कसैले पनि गर्न नहुने भन्दै उनले तुइन घ’टनामा एसएसबीमाथि लागेको आरोप आधारहीन भएको बताएका छन् । ‘तथ्यबिनाको आरोप लगाउँदा दुई देशको सम्बन्धलाई प्रभावित गर्ने’ एसडिएम शुक्लाको भनाई उद्धृत गर्दै हिन्दुस्तान दैनिकले समाचारमा लेखेको छ ।

भारतीय प्रशासन र एसएसबीले महाकालीको तुइन घ’टनामा एसएसबीको संलग्नता लुकाउने प्रयास गरिरहेको बताइएको छ । घटनास्थलमा संलग्न दुईजना सुरक्षाकर्मीलाई गाडीमा राखेर धारचुला तहसिलभन्दा बाहिर पठाइएको खबर बाहिरिएको छ । घटना भएकै दिन घटनास्थलमा संलग्न दुबै सुरक्षाकर्मीलाई एसएसबीकै गाडीमा राखेर धारचुलाभन्दा बाहिर पठाएको स्थानीय एक जना गाडी चालकले बताएका छन् ।

सशस्त्र प्रहरी बलसँगको सम्पर्कमा पनि एसएसबीले घ’टनामा आफ्ना सुरक्षाकर्मीको संलग्नता नभएको बताएको छ । आफ्ना सुरक्षाकर्मी घटनास्थलमै नपुगेको एसएसबीले सशस्त्र प्रहरीलाई जानकारी गराएको बताइन्छ । भारतको पिथौरागढ जिल्ला प्रशासनले पनि एसएसबीको घटनामा संलग्नता नभएको लिखित जानकारी गराइसकेको छ ।

नेपाली पक्षलाई घटनामा एसएसबीको संलग्नताको विषय उठाइएमा ‘दुई देशको सम्बन्धमा नकारात्मक असर पर्ने’ सन्देश भारतीय पक्षले दिन खोजेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत शनिबार विज्ञप्ति जारी गर्दै ‘तथ्यहीन र भ्रामक समाचार सार्वजनिक नगर्न’ आग्रह गरेको छ । साथै ‘दुई देशको सम्बन्धमा खलल पुग्नसक्ने भन्दै चिन्ता’ समेत व्यक्त गरेको छ ।

‘भारतीय पक्षको मनोविज्ञान बुझेर र गृह मन्त्रालयबाट संकेत पाएर जिल्ला प्रशासनले घटनालाई ढाकछोप गर्न र मिडियामा आएको खबरलाई भ्रामक देखाउन विज्ञप्ति निकालेको देखिन्छ,’ दार्चुलामा क्रियाशील पत्रकार शंकरसिंह धामीले बताएका छन् । जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति,गृह मन्त्रालयको विज्ञप्ति र गृहमन्त्रीको अभिव्यक्तिबाट घटनामा एसएसबीको संलग्नता देखाए दुई देशको सम्बन्धमै असर पर्नसक्ने कायरता र चिन्तासमेत देखिएको पत्रकार धामीको भनाई छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…