जानकी मेडिकल कलेज : वाकीटकी प्रयोग गरेर एमबीबीएसको परिक्षा चिट चोर्छन विद्यार्थी

जनकपुर । धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेजमा फिल्मी शैलीमा वाकीटकी डीभाइस प्रयोग गरी चीट चोरी गरेको पाइएको छ ।

मेडिकल कलेजमा पढाइ नभएपछि परीक्षामा परीक्षार्थी चीट चोरीकै भर परेको छ । वर्षभरी कलेजमा पढाइ नभएपछि एमबीबीएस चोथौ वर्षको परीक्षामा सामेल विद्यार्थीहरु वाकीटकीको डीभाइस प्रयोग गरी परीक्षामा चीट चोरी गरेको पाइएको हो ।

एमबीबीएस परीक्षा केन्द्रमा मोवाइल नेटवर्क बन्द गर्न ज्यामर लागेको कक्षामा विद्यार्थीले एन्टी ज्यामर वाकीटकी डिभाइसबाट चीट चोरी गरिरहेका छन । कलेजका उच्च तहका कर्मचारीकै मिलोमतोमा जानकी मेडिकल कलेजको एमबीबीएस परीक्षामा डीभाइसको माध्यमबाट चीट चोरी भएको पाइएको हो ।

परीक्षामा चीट चोरी गर्न प्रयोग भएको डीभाईस जानकी मेडिकल कलेजको चौथो वर्षमा अध्ययनरत्त विद्यार्थीले नै सप्लाइ गरेको समेत खुलेको छ । भारतीय विद्यार्थी बन्टी भन्ने कुमार शैरभले ५० हजारको दरले परीक्षार्थीलाई चोरी गर्ने उच्च प्रवीधिको डीभाइस उपलब्ध गराइरहेको छ ।

बन्टीले परीक्षा दिँदै गरेका ५ जनालाई डीभाइस उपलब्ध गराएका छन् । सप्लायर्स सौरभले नेपाली मोबाइल नं. ९८१६८९०९१० र भारतीय मोबाइल नं. ८८७७६१७१५५ बाट डीभाइसको मोलतोल गरेको पाइएको छ ।

डीभाइसबाट चोरी गर्ने भारतीय विद्याथीहरु हुन । यस अघि भारतीय विद्यार्थी अभय कुमार आइतबार डीभाइसबाट चोरी गरीरहेकै अवस्थामा पक्राउ परेपछि परीक्षा केन्द्रबाट निष्कासित भएपनि अन्य ४ जनाले डीभाइसको सहारामा चीट चोरी गरीरहेका थिए ।

पढनै नसक्ने र परीक्षा पास भएपनि डाक्टरको ज्ञान नहुनेहरुलाई जानकी मेडिकल कलेजले ५-५ लाख रुपैया लिएर एमबीबीएसको प्रमाण प्रत्र दिन लागेको हो । कलेजले नै भारतीय विद्यार्थीलाई परीक्षामा चीट चोरी गर्ने व्यवस्थापन मिलाएको छ ।

कलेजको छत्राबास र क्यान्टीनबाट प्रश्नको उत्तर पढेर डीभाइसको सहारामा विद्यार्थीले उत्तर पुस्तीकामा जवाफ उतार्दै आएको छ । पटक– पटक परीक्षा दिँदा असफल भएकाहरुले एउटा पेपरकालागि ५ लाख खर्च गरी एमबीबीएसको प्रमाण पत्र खरिद गर्न लागेको हो ।

परीक्षालाई मर्यादित बनाउन र चोरी हुन नदिन मोवाइल नेटवर्क बन्द गर्न ज्यामर र सीसीटीभी क्यामरा जडान भएपनि एमबीबीएसका विद्यार्थीले एन्टी ज्यामर डीभाइस प्रयोग गरेको पाइएको हो । चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) ले सञ्चालन गरीरहेको छ ।

आइतबार चौथो वर्ष तेश्रो दिन सर्जरी विषयको परीक्षामा कटु र गञ्जीमा तार सहितको डीभाइस जडान गरी परीक्षा दिँदै गरेको अभयलाई निष्कासित गरिएको जानकी मेडिकलमा परिक्षा सञ्चालन गर्न खटिएका पर्यवेक्षक आइओएमका मुख्य कार्यालय सहायक गणेश गौतमले बताए ।

एमबीबीएस चौथो वर्षको परीक्षा केन्द्रमा सीसीटीभी क्यामरा र ज्यामर लगाएपनि डीभाइसबाट चोरी भएको गुनासो बढेपछि आइतबारको परीक्षामा कडाइका साथ निगरानि गर्दा डिभाइस सहित परीक्षार्थी फेला परेको हो, गौतमले भने,‘डीभाइस बारमद भएका परीक्षार्थीलाई अन्य परीक्षामा समेल नहुने गरी यस वर्षको सबै परीक्ष रद्ध हुनेगरी परीक्षा केन्द्रबाट निष्काशन गरिएको छ ।

लुगामा जाडान गरीएको बरामद डीभाइस सिल गरी आइएमओमा पठाइएको छ ।’ डीभाइसमा सिग्नल र साउण्ड नआउदा टाउको झुकाउने गरेको, सुनेर उतर पुस्तीकामा लेख्ने गरेको र शंकास्पत गतिविधिमाथि निगरानि बढाइएको उनले बताए । न्यूजब्यूरोडटकम 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…