प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

Sher Bahadur Deuba Son Jaybir singh Deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।

प्रधानमन्त्री देउवाका सहयोगीका रुपमा उनले काम सुरु गरिसकेको स्रोत बताउँछ । तर, सुरुमा एक खराब व्यक्तिको संगतका कारण उनी विवादमा तानिएका छन् ।

भारतमा पछिल्लो समय एक सामान्य व्यक्ति निकै चर्चामा छन् । उनको नाम हो प्रशान्त किशोर । जसले मोदीलाई प्रधानमन्त्री बनाउदेखि हालै ममता बजर्नीलाई पश्चिम बंगालमा चुनाव जिताउन पर्दा पछाडिबाट भूमिका खेलेका थिए । उनलाई राजनीतिको रणनीतिकारका रुपमा लिइन्छ । जसले राजनीतिक गर्नेहरुलाई कसरी चुनावमा सफल बनाउने भन्ने रणनीति सुक्ष्मरुपमा बनाएर लागू गराउँछन् । त्यसमा सफल भएका कारण भारतमा उनको ठूलो प्रशंसा छ ।

उनै प्रशान्तको बारेमा नेपालमा पनि चर्चा सुरु भइसकेको छन् । उनका सहयोगीहरु नेपाल आएर नेताहरुसँग छलफल गर्न थालिसकेका छन् । अबको एक वर्षभित्रै नेपालमा पनि स्थानीय चुनाव गर्नुपर्ने भएकाले यस्ता रणनीतिकारहरुको दौडधुप बढेको छ ।

यसै क्रममा एक युवकले आफु प्रशान्त किशोरको टिमको व्यक्ति भएको भन्दै प्रम पुत्र जयविरलाई समेत झुक्याएको खुलेको छ । विगतमा नेपालमा समेत बसेका संयोग संजोग दत्ता नामक युवकले यसरी जयवीरलाई झुक्याएका हुन् ।

जयसिंहले दत्तालाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग पनि भेट गराएर आगामी चुनावमा उनलाई प्रयोग गर्नेबारे छलफल गराएका थिए । पछि प्रशान्त किशोरका वास्तविक व्यक्ति मन्त्री श्रेष्ठसम्म पुगेपछि त्यसबारे रहस्य खुलेको हो । त्यसपछि प्रम पुत्र देउवा दत्तासँग झस्किएको बालुवाटार स्रोत बताउँछ ।

जयविर पछिल्लो समय व्यापारमा समेत गोप्य रुपमा लागेको स्रोत बताउँछ । मामा भूषण राणा तथा उमेश श्रेष्ठसँगै मिलेर उनले व्यापारमा समेत लगानी गर्न थालेको बालुवाटार स्रोतले बताएको छ । दृष्टिन्यूजबाट 

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…