फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।

दुई दिन अगाडि आफू नेकपा (एमाले) मा प्रवेश गरेको विज्ञप्ति जारी गरेकी बिमलाले आफू नेकपा माओवादी केन्द्रमैं रहेको भनेर म्यासेज गरेकी छन्।

माओवादी लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मोबाईलमा म्यासेज गरेर वलीले बुधबार आफू माओवादीमै रहेको बताएकी हुन्।

माओवादी नेता तथा दाङको निर्वाचन क्षेत्र नं. १ (क) इन्द्रजित चौधरीका अनुसार प्रदेशका पूर्व कानुन मन्त्री ‘सोनाम’ लाई मोबाईलमा म्यासेज गरेर प्रदेश सांसद वलीले आफू एमाले पार्टीमा प्रवेश नगरेको तथा माओवादी केन्द्रमै रहेको बताइन्।

‘उहाँले म्यासेजमा आफू माओवादी केन्द्रमै रहेको र बल जफति आफूलाई एमालेमा प्रवेश गर्न लगाएको विज्ञप्ति सार्वजनिक गरिएको भए पनि त्यो झुटो भएको स्पष्ट लेख्नुभएको छ,’ सांसद चौधरीले सेतोपाटीसँग भने, ‘तर, उहाँ कहाँ हुनुहुन्छ अहिलेसम्म हाम्रो सम्पर्कमा आइ पुग्नुभएको छैन।’

सांसद चौधरीले एमालेकै नेता कार्यकर्ताले सांसद वलीलाई ‘बन्धक’ बनाएर राखेको हुनसक्ने आशंका ब्यक्त गरे ।

‘बिमलाजीको अवस्था तत्कालै सार्वजनिक गरिनुपर्छ,’ चौधरीले भने, ‘स्रोतका अनुसार मुख्यमन्त्रीकै निर्देशनमा उहाँलाई बुटवलमा बन्धक बनाएर राखेको भन्ने हामीलाई सूचना छ।’

पति उत्तरकुमार वलीको सवारी दूर्घटनामा मृत्यु भएपछि रिक्त रहेको स्थानमा बिमला गत मंसिरमा भएको उपनिर्वाचनका क्रममा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएकी थिइन्।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…