दार्चुला घटनाबारे हड्बडाएनन् गृहमन्त्री खाण, सालिन भएर दिए यस्तो कुटनीतिक जवाफ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घ’टनाबारे छानबिन गर्न गठन गरिएको समितिको प्रतिवेदन आएपछि जुनसुकै अडान लिन तयार रहेको बताएका छन् ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री खाँणले तुनइबाट खसेर वेपत्ता भएको घ’टनाबारे जानकारी गराएका थिए ।

‘छानबिन समितिले छानबिन गरिरहेको बेलामा सरकारले छानबिनको प्रतिवेदनलाई पर्खिनुपर्छ’, उनले भने, ‘आम नेपाली नागरिकहरूले आफ्नो विचार व्यक्त गर्ने, ती विचारहरूलाई हामीले गम्भीरतापूर्वक लिनुपर्ने, जनप्रतिनिधिहरूले पनि आफ्नो विचारहरूलाई, आफ्नो सूचनाहरूलाई, आफ्ना धारणाहरूलाई प्रस्तुत गर्ने र त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ, लिन्छौं ।’

उनले भने, ‘हामी आफैंले छानबिन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्ने गरी हामीले आफ्नो कुनै राय दिन मिलेन ।’

‘छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरूका लागि जुनसुकै अडान लिन पनि हामी तयार छौं’, गृहमन्त्री खाणले भने, ‘त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्नो धारणा सार्वजनिक गर्न र अगाडि बढ्न गृहमन्त्रालय र नेपाल सरकार प्रतिबद्ध रहेको म अवगत गराउन चाहन्छु ।’

साउन १७ गते गृहमन्त्रालयमा बसेको बैठकले मन्त्रालयका सह–सचिव जनार्दन गौतमको नेतृत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक पुरुषोत्तम कँडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको उनले बताएका छन् । समितिले स्थलगत रुपमा सत्यतथ्य छानबिन गरी दश दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।

साउन १५ गते महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका २ का ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए ।

‘धामी महाकाली नदीको तुइन तर्ने क्रममा नदीमा खसी बेपत्ता भएको भनी नरेन्द्रसिंह धामी समेत तीन जनाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका थिए’, उनले भने, ‘यो टोली नेपालकै मालघाटबाट दार्चुलाको सदरमुकाम खलंगाको लागि प्रस्थान गरेको भन्ने अहिले रिपोर्ट छ ।’

उनले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्ला अधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्रचार गरेको बताएका छन् ।

‘घ’टनाका बारेमा सरकार संवेदनशील र गम्भीर छ । धामीको शव भेटिएको छैन, त्यसैले मृ’त्यु स्वीकार गर्न सक्ने अवस्था रहेन’, खाणले भने, ‘उहाँको खोजीका लागि महाकालीको हाम्रो सुरक्षा निकायले खोजी कार्य गरिरहेको छ । पारि, भारतीय सुरक्षाकर्मीहरूलाई पनि खोज्नका लागि आग्रह गरिएको छ । उहाँहरूले खोजीकार्य गरिरहनुभएको छ ।’

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…