प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल पुर्याईयो

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ ।

उहाँ उपचारका लागि नेपालगञ्जमा रहेको भनिए पनि नेपालगञ्ज नलगेर एमालेका नेताहरुले बुटवल पुर्याएको र मुख्यमन्त्री निवासीमा राखिएको स्रोतको दाबी छ । दाङस्थित घरबाट केही एमाले नेताहरुले गोप्यरुपमा बुटवल पुर्याएको, त्यहाँ लगेर केही दिन नेता भूमीश्वर ढकालको घरमा राखेको र शहरी तथा ग्रामीण विकास मन्त्री हरिप्रसाद रिजालको गाडीमा राखेर मुख्यमन्त्री निवास प्रवेश गराएको नाम नभन्ने शर्तमा एक एमालेले नेताले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकार दोस्रोपटक गठन हुने बेलामा सांसद खत्रीले माओवादी केन्द्र रोज्नुभएको थियो । अहिले सरकार अल्पमतमा रहेकाले बहुमत जुटाउने प्रयासस्वरुप खत्रीलाई एमालेमा फर्काउने प्रयास भइरहेको छ ।

सोही प्रयासअनुसार उहाँलाई केही आफन्तको सहयोगमा घरबाट गाडीमा राखेर बुटवल पुर्याइएको र केही दिनमा उहाँ पत्रकार सम्मेलन गरेर आफू एमालेमा फर्केको जानकारी दिने तयारीमा रहेको पनि ती नेताले बताए । ‘उहाँहरुबीच केही गोप्य कुरा भइरहेको होला, सबै कुरा मिलेपछि आफै सार्वजनिक हुनुहुन्छ’– ती नेताले भने ।

अहिले लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । बिमला एमालेमा फर्केपछि र माओवादी छाडेर एमाले बनेका दुई सांसदको पद सर्वोच्चबाट पुनस्र्थापना भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी भएकाले सोही तयारीअनुरुप यो काम गरिएको ती नेताको दाबी छ । उनका अनुसार अदालतको आदेश नआउँदासम्म विश्वासको मत लिने काम केही दिनका पछि सारिएको छ । सिस्नेअनलाइनबाट 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…