थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् ।

२०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका बाखले ९६ केजी तौल समूहमा प्रभावशाली प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् । क्लिन एन्ड जर्कमा उनले २ सय २५ केजी उचाल्दै नयाँ आयाम दिएका थिए ।

उनले कुल ४ सय २ केजी उचाले । ‘यो ओलम्पिकमा स्वर्ण जित्न पाएकामा मैले आफूलाई निकै सम्मानित भएको महसुस गरेको छु,’ २३ वर्षे अल बाखले भने, ‘मेरो प्रदर्शन राम्रो रहेको आशा मैले गरेको छु ।’

उनले जितेको यो पदक कतारको ओलम्पिकमा केवल छैटौं र भारोत्तोलनमा दोस्रो हो । सिड्नी ओलम्पिकमा सैफ असादले १ सय ५ केजीमा कतारलाई कांस्य पदक दिलाएका थिए । बाखलाई चुनौती तेर्स्याउनेक्रममा भेनेजुएलाका केयडोमार सान्चेजले रजत र एन्टोन प्लिइसनोइले कांस्य पदक जिते । बाखले अन्तिम लिफ्टमा विश्व कीर्तिमानका लागि २ सय ३२ केजी उचाल्ने प्रयास गरेका थिए, त्यसमा उनी असफल रहे ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…