सुपरमार्केटको भुँइमा चिप्लिएर ल’ड्ने व्यक्तिले पाए २ करोड १० लाख

टोकियोको एक अदालतले सुपरमार्केटमा चिप्लिएर ल’डेका एक ग्राहकलाई १ लाख ९० हजार डलर तिर्न सुपरमार्केट सञ्चालकलाई आदेश दिएको छ । सलादका रुपमा प्रयोग गरिने साग लेटिशबाट चुहिएको पानीका कारण भिजेको भुँइमा चिप्लिएर घाइते भएका ती व्यक्तिलाई सो रकम तिर्न अदालतले सुपरमार्केट सञ्चालकलाई आदेश दिएको हो ।

टोकियोमा बस्ने ६० वर्षिय ती पुरुषले टोकियो जिल्ला अदालतमा सुपरमार्केट सञ्चालक विरुद्ध मुद्दा दायर गरेका थिए । ती व्यक्ति खानागावास्थित एक सुपरमार्केटमा पाँच वर्षअघि किनमेल गर्न गएका थिए । यस क्रममा उनी किराना सामान पाइने हिस्साको भुँइमा लडे । सो घ’टनापछि उनी अ’पाङ्ग भए अनि चिसो भुँइका कारण आफू चिप्लिएको भन्दै क्षतिपूर्ति माग गरी मुद्दा हाले ।

भुँइ चिसो नभएको र ती व्यक्ति चिप्लो खालको चप्पल लगाएकोले चिप्लिएको भन्दै सुपरमार्केटले सो दाबीको खण्डन गर्दै आएको थियो । तखताबाट हरेक पटक ग्राहकहरुले रातो पात भएको लेटिश उठाउँदा यसमा भएको पानी भुँइमा चुहिने अनि भुँइ भिज्ने गरेको टोकियो जिल्ला अदालतका न्यायाधीस शिनादा युकिओले फैसला सुनाउने क्रममा भनेका छन् ।

यस्तो हुन सक्छ भनेर सुपरमार्केट सचेत रहेको भएपनि नियमित रुपमा पुछ्ने जस्ता कदम चालेर समस्या सम्बोधन नगरेको उनले बताए । भुँइमा चिप्लेर अपाङ्ग हुन पुगेका ती व्यक्तिको आय गुमेको र अपाङ्ग हुनु परेको अवस्थाको क्षतिको पूर्ति गर्न पीडितलाई २ करोड १० लाख येन तिर्न युकिओले सुपरमार्केट सञ्चालकलाई आदेश दिएका छन् । यस मामिलामा सुपरमार्केट सञ्चालकले प्रतिक्रिया दिइ नसकेको बताइएको छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…