सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार बिहान प्रारम्भिक चरणको ‘हिट्स २’ मा १२.९१ सेकेन्डमा दौड पूरा गरेकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य भेट्टाउन सकिनन् । आफ्नो समूहका नौ खेलाडीमध्ये उनी आठौं स्थानमा रहिन् ।

ओलम्पिक रंगशालामा चौधरीले गरेको प्रदर्शन यसअघिको उनकै व्यक्तिगत रेकर्डभन्दा पनि कमजोर हो । उनले दशरथ रंगशालामा दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा १२.५५ सेकेन्डमा लक्ष्य पूरा गरेकी थिइन्, जुन उनको १ सय मिटर दौडमा करिअरकै उत्कृष्ट समय हो । उनले दोहामा भएको वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप २०१९ मा १२.७२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

नेपालको महिला १ सय मिटर स्पर्धाको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा छ । उनले आठौं साफ गेम्स १९९९ (काठमाडौं) मा १२.२० सेकेन्डमा लक्ष्य पूरा गरेकी थिइन् । सात महिनाभन्दा बढी ओलम्पिकको तयारी गरेर पनि म्याराथन धावक गोपीचन्द्र पार्की अन्तिम समयमा टोकियो यात्रा गर्ने अवसरबाट वञ्चित भएपछि चौधरीले अवसर पाएकी थिइन् ।

यसपालि चार खेलमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गरे । त्यसमध्ये सुटिङकी कल्पना परियार, पौडीका अलेक्जेन्डर गाडेगार्ड शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमान सुधार गरे ।

महिला १ सय मिटरको प्रारम्भिक चरणका हिट्सबाट २७ मध्ये १० खेलाडीले पहिलो चरणमा स्थान बनाए । तीनवटा हिट्सबाट शीर्ष तीन धाविकासँगै चौथो स्थानमा रहेका तीन खेलाडीमध्ये उत्कृष्ट समयका आधारमा एक जना पहिलो चरणमा छनोट भए । पहिलो चरणको प्रतिस्पर्धा पनि आजै हुँदै छ । सेमिफाइनल र स्वर्णपदकको प्रतिस्पर्धा शनिबार हुनेछ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…