कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका बैंकहरुलाई आफ्नो ऋण असुली गर्न सहज भएको छ ।

अब माल्याको सम्पत्ति जफत गरेर लिलामी गर्न सकिनेछ । विजय माल्या भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर केही वर्ष पहिले बेलायत भागेका थिए ।

माल्या भागेर बेलायत गएसँगै भारत सरकार र केन्द्रीय जाँच एजेन्सीहरु उनलाई भारत फर्काएर ल्याउने प्रयास गरिरहेका छन् । भारतका केन्द्रीय जाँच एजेन्सीहरुले समय समयमा माल्याका सम्पत्ति जफत गरिरहेका छन् ।

गएको डिसेम्बरमा पनि अनी लण्ड्रिङ कानुन अनुसार प्रवर्तन निर्देशनालयले फ्रान्समा माल्याको १४ करोडको सम्पत्ति सिज गरेको थियो । हालै इडीले माल्याको जफत गरिएको सम्पत्ति बिक्री गरेको थियो जसमा स्टेट बैंक अफ इण्डिया लगायत विभिन्न बैंकले ५ हजार ८ सय करोड रुपैयाँ पाएका थिए ।

माल्याले भारतमा किंगफिशर एयरलाइन्स चलाउँथे । यो एयरलाइन्स अहिले बन्द भइसकेको छ । घोटाला यही एयरलाइन्ससँग सम्बन्धित छ । विजय माल्याले ९ हजार करोड रुपैयाँ घोटाला गरेको बताइएको छ । यसमा प्रवर्तन निर्देशनालय र केन्द्रीय जाँच ब्युरोले जाँच गरिरहेका छन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…