ओली समूहले वडा तहसम्मै पुगेर एमसीसीको बिरोध गर्ने

नेकपा एमालेको संस्थापन पक्षले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अस्वीकार गर्ने संकेत दिएको छ । अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा जसरी पनि एमसीसी पास गर्न कस्सिएको एमाले सरकारबाट बाहिरिएसँगै विरुध्दमा उभिने देखिएको हो ।

आज च्यासलमा बसेको सो पार्टीको ललितपुर महानगर कमिटी बैठकमा अध्यक्ष मन्जली शाक्यले वडा तहसम्म पुगेर एमसीसीको विरोध गर्ने बताएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार एमसीसी पास गर्नैका लागि आएको दाबी गर्दै उनले वडा-वडामा कमिटी बनाएर सशक्त विरोध गर्ने उद्घोष गरिन् ।

उनले राष्ट्रिय राजनीतिमा एक्लिन परे पनि आफूहरुले सही एजेण्डा उठाएका कारण आत्तिनु नपर्ने भन्दै कार्यकर्तालाई आश्वस्त समेत पारेकी छन् । ‘हामी अहिले एक्लै छौँ । तपाईंहरु नआत्तिनु होला । हामीसँग एजेन्डा छन्,अवश्य सफल हुनेछौं’, उनले भनिन् ।

एमालेमा शाक्य रामबहादुर थापा समूहकी हुन् । गृहमन्त्री हुँदा थापासमेत एमसीसीको विपक्षमा उभिएका थिए । नेकपाको विभाजन र प्रतिनिधिसभा विघटन हुनुमा एमसीसी सम्झौतालाई समेत एउटा महत्वपूर्ण कारण मान्ने गरिएको छ । सम्झौतालाई लिएर पार्टीमा विवाद हुँदा तत्कालीन नेकपाले अध्ययन कार्यदल नै बनाउनुपरेको थियो ।

कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न पार्टीलाई सुझाव दिएको थियो । नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्ष ओली र ईश्वर पोखरेलबाहेक सबै एमसीसीको विरुध्दमा थिए ।

सभामुख र पार्टीका नेताहरुको असहयोगका कारण एमसीसी संसदबाट अनुमोदन हुन नसकेको भन्दै ओली अहिलेसम्म पनि असन्तुष्ट रहँदै आउनुभएको छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…