राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म बनाउँथे’

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम ब्रान्चले शुक्रबार ६ घन्टा शिल्पा र उनका पति राज कुन्द्रालाई एकसाथ राखेर बयान लिएको थियो ।

शिल्पासँग सोधपुछ गर्नका लागि क्राइम ब्रान्चको टिम उनको घर पुगेको थियो । प्रहरीले राजलाई पनि सँगै लिएर गएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रहरीसँग बयान दिने क्रममा शिल्पाले यो बिषयमा आफूलाई अलग राखेकी छिन् । उनले, पो’र्न चलचित्र बनाउने कुरामा आफ्नो कुनै भूमिका नरहेको पनि स्पष्ट पारेकी छिन् ।

भारतीय मिडियाका अनुसार, शिल्पाले प्रहरीसँगको बयानमा उनका श्रीमान् राज कुन्द्राले हटसट्स नामक एपमा पो’र्न नभएर इराटिक चलचित्र बनाउने गरेको दाबी गरेकी छिन् । शिल्पाले हटसट्समा उपलब्ध भएका भन्दै कैयौं अश्लिल बिषयवस्तु समावेश भएका चलचित्र ओटीटी प्लेटफर्ममा उपलब्ध भएको बयान दिएकी छिन् ।

शिल्पाले यो बिषयमा राजका आफन्त प्रदिप बख्शीलाई दोषी ठहर्याएकी छिन् । शिल्पाले लण्डनमा बसोबास गर्ने प्रदिपले यो एप चलाइरहेको बताउँदै आफ्ना पति निर्दोष रहेको दाबी गरेकी थिइन् । शिल्पाले आफूलाई हटसट्समा चलचित्रहरु सार्वजनिक गर्ने गरेको बिषयमा कुनै पनि जानकारी नभएको पनि बयान दिएकी छिन् ।

शिल्पाले केही दिन अगाडि मात्र राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिज’बाट राजिनामा दिएकी थिइन् । यसैले, प्रहरीले शिल्पा यो घटनामा सहभागी छिन् या छैनन् भन्ने बिषयमा अनुसन्धान गरिरहेको छ । क्रा’इम ब्रान्चले पो’र्न चलचित्रको माध्यमबाट शिल्पाले पैसा कमाएकी थिइन् या थिइनन् भन्ने बिषयमा अनुसन्धान गरिरहेको छ ।

हिरासतमा रहेका राज कुन्द्राले भने आफ्नो गिरफ्तारीको विरुद्धमा मुम्बइको उच्च न्यायलमा मु’द्दा दायर गरेका छन् ।

 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…