देउवाले बनाए एक निजी स्कुल सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेर जिम्मेवारी प्रदान गरेकी हुन् ।

श्रेष्ठ नेपाली काँग्रेसबाट समानुपातिक सांसद हुन् भने करिब ३९ वर्षदेखि उनी शिक्षा क्षेत्रमा क्रियाशिल रहेका छन् । राजधानीको चर्चित स्कुल लिटिल एन्जल्सको सञ्चालक समेत रहेका उनको कृषि, जलविद्युतलगायतका क्षेत्रमा पनि उत्तिकै लगानी रहेको छ ।

निजी विद्यायलहरूको संस्था प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको साझा सङ्गठन हिसानका संस्थापक अध्यक्ष रहेका उनलाई काँग्रेसले २०७४ को प्रतिनिधिसभामा समानुपातिक सदस्य बनाएको हो । यसअघि ०७० को दोस्रो संविधान सभामा २६ मनोनित सभासद् मध्येमा श्रेष्ठ पनि परेका थिए ।

२०७४ मा प्रतिनिधिसभा सदस्य बनेपछि उनले रातोपाटीलाई अन्तरवार्ता दिँदै अब आफ्नो काम शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि काम गर्ने बताएका थिए । तर, तिनै श्रेष्ठ कोरोनाको प्रतिकुल परिस्थितिमा स्वास्थ्य मन्त्री बनेका छन् ।

जुन मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् । ‘तीन तहको चुनावपछि समृद्धिको आशा अप्रत्यासित बढेको छ ।

यसै समयमा भाग्यवस समानुपातिक सांसद हुने अवसर पाएको छु । अब पनि मेरो काम शिक्षाको आमूल परिवर्तनका लागि हुनेछ’, त्यतिबेला श्रेष्ठले रातोपाटीसँगको अन्तरवार्ताका क्रममा भनेका थिए । श्रेष्ठ संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य पनि हुन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…