सुविधाभोगी बन्दै नेपाली : ९७ अर्बको गाडी, ३४ अर्बको मोबाइल र साढे ६४ करोड रुपैयाँको घडी आयात

काठमाण्डाै । पछिल्लो समय नेपालीहरु सुविधाभोगी बन्दै जाँदा सुखसयलका सामग्रीको आयात पनि बढ्दै गएको देखिएको छ । एकवर्षमा मात्रै  ९७ अर्ब ३७ करोड रुपैयाँका गाडी भित्रिएका छन् भने  ३४ अर्ब रुपैयाँ भन्दा धेरैका मोबाइल, फोन र पाटपूर्जा आयात भएको छ ।

यस्तै ६४ करोड ५८ लाख रुपैयाँको घडी मात्रै आयात भएको छ । समग्रमा गएको आर्थिक वर्षमा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गरेकोमा जम्मा एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको छ । नेपालको व्यापार घाटा एकै वर्ष १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।

कृषिमा पनि उस्तै 

कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ । नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका अनि दक्षिण अफ्रिकाबाट समेत आयात भएको छ । गएको आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ भन्दा धेरैको धान/चामल मात्रै आयात भएको छ ।

भन्सार विभागका अनुसार गत वर्ष ५० अर्ब ८० करोड रुपैयाँको धान, चामल, कनिका र च्युरा आयात भएको छ । यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको धान/चामल भारतबाट मात्रै आयात भएको छ । नेपालले चीन, अमेरिका, इन्डोनेसिया, जापान फिलिपिन्स लगायत देशबाट धान, चामल आयात गर्दै आएको छ ।

यस्तै, गएको वर्ष मात्रै साढे १६ अर्ब रुपैयाँको मकै आयात भएको छ । नेपालले भारत, चीन देखि अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका देशबाट मकै आयात गरेको छ । नेपालमा एकै वर्ष ३८ अर्ब ५० करोड रुपैयाँको हरियो तरकारी, २१ अर्ब रुपैयाँको फलफूल, साढे नौ अर्ब रुपैयाँको चिया/कफी आयात भएको छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…