फुटबल विश्वकपका सात खेलपछि भत्काइने कातारको यो स्टेडियम

काठमाडौँ । कतार अहिले २०२२ मा हुने फुटबल विश्वकपको तयारीमा जुटेको छ । २०२२ को नोभेम्बर र डिसेम्बरमा हुने विश्वकपका लागि कतारले विशेष तयारी गरिरहेको छ । कतारले विश्वकपक लागि ८ ठुला स्टेडियम बनाएको छ । यसैबीच एक स्टेडियम रास अबु अबोउड स्टेडियमको चर्चा विशेष रुपमा भइरहेको छ ।

४० हजार दर्शक क्षमता भएको दोहाको समुन्द्री किनारको यो स्टेडियम विश्वकपका सात खेलका लागि मात्र निर्माण गरिएकोले यसको विशेष चर्चा भएको हो । यो स्टेडियम विश्वकपका सात खेल पछि भत्काइने बताइएको छ । यस स्टेडियममा क्वाटरफाइनलसम्म गरेर सात खेल आयोजना हुने बताइएको छ ।

विश्वकप पछि यस स्टेडियमलाई भत्काएर स-साना २०-२० हजारका दुई अन्य खेल गतिबिधिका लागि प्रयोग हुने स्टेडियम बनाउने वा अन्य गतिबिधिका लागि प्रयोग गर्ने गरि भत्काइने आयोजना प्रबन्धक मोहम्मेद अल अटवानले सिएनएनसँग बताएका छन् ।

उनले यस स्टेडियममा प्रयोग भएका सामाग्री अन्य देशमा स्टेडियम बनाउन सहयोग गर्न सकिने उनले बताएका छन् । यस स्टेडियममा प्रयोग भएका सबै सामग्री अन्य ठाउमा पुन प्रयोग गर्न सकिने कुरालाई ध्यान दिएर बनाइएको उनले बताएका छन् ।

यस स्टेडियमको डिजाइन सिपिंग कन्टेनरलाई जोडेर बनाइएको छ । जसका कारण यसको निर्माणको क्रममा फोहोर कम उत्पन्न भएको दाबि गरिएको छ । यी कन्टेनरको ब्लक बनाएर जोडिएको हुनाले यसलाई पछि निकाल्न सकिने उनीहरुले बताएका छन् । रास अबु अबोउड स्टेडियम टिकाउ र प्रदुषण कम गर्ने हिसाबले बनाइएको दाबि गरिएको छ ।

यो स्टेडियम ४.८ मिलियन स्क्वायर फिटमा २०१७ को अन्त्यदेखि निर्माण गर्न लागिएको हो भने यसै बर्षको अन्त्यसम्म निर्माण सम्पन्न हुने बताइएको छ ।

फिफाले गत जुनमा सार्बजनिक गरेको एक रिपोर्टका अनुसार कतार विश्वकपमा ३.६ मिलियन टन कार्बनडाइअक्साइड र १.५ मिलियन टन सिओ २ ग्यास उत्पन्न हुने दाबि गरेको छ । जुन न२०१८ को रसिया विश्वकप भन्दा बढी हो । तर कतारले भने कार्बन न्युट्रल भेन्यूको रुपमा विश्कप संचालन गर्ने भन्दै विश्वकप र त्यसपछि उत्पन्न हुने कार्बन कम गर्ने रणनिति बनाएर काम गरिरहेको जनाएको छ ।

त्यस्तै कतारका सबै विश्वकप स्टेडियमहरु खेल सामान्य किसिमले सुचारु गराउन उच्च गतिका कुलिंग सिस्टम जोडिएको छ । तर रास अबु अबोउड स्टेडियमलाई भने यो आवश्यक नरहेको बताइएको छ । समुन्द्री किनारमा रहेकोले प्राकृतिक रुपमा नै यस स्टेडियममा गर्मि नहुने बताइएको छ । स्टेडियमबाट बाहिर निस्किना साथ नै समुन्द्री दृश्य मात्र नभएर दोहाको वेस्ट बे स्काइलाइन देखिने भएकाले दर्शकलाई लोभ्याउने दाबि गरिएको छ ।

यस ठाउमा २०२२ को विश्वकप पछि पुन: निर्माण गरेर व्यापारिक र अन्य प्रयोजनका आयोजना बनाइने बताइएको छ । आयोजना प्रमुख अल अटवानले दोहाको प्राइम लोकेसनमा भएकाले यसलाई विश्वकप पछि बहुउद्धेश्यका साथ प्रयोगमा ल्याउने योजना बनाइएको बताएका छन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…