हामी देउवालाई विश्वासको मत दिन्छौँ : रामकुमारी झाँक्री

काठमाडौँ । एमाले सांसद रामकुमारी झाँक्रीले एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् ।

प्रधानमन्त्री देउवाले आज बेलुका बस्ने बैठकमा विश्वासको मत लिने निर्णय गर्दै संसदमा प्रस्ताव दर्ता गराइसकेको अबस्थामा नेता नेपाल समूहका सांसदहरुले विश्वासको मत दिने सांसद झाँक्रीले बताएकी हुन् । उनले भनिन्,‘हामो प्रयासचाँहि विपक्षमा बसेर भएपनि पार्टीले निर्णय गरेर विश्वासको मत दिने भन्ने हुन्छ ।’

नेतृ झाँक्रीले ‘हंग पार्लियामेन्ट’मा कसैको पनि एकल बहुमत नपुग्ने अबस्था भएको र आगामी दिनका लागिसमेत अहिले विश्वासको मत दिने उनले बताईन् । उनले संविधानको धारा ७६(५) पछि अर्को सरकार गठनको परिकल्पना संविधानले नगरेको भन्दै मध्यवाधी चुनाव नभएर संसदले पुर्ण कार्यकाल काम गर्नुपर्ने आफ्नो समूहको मान्यताका आधारमा देउवालाई विश्वासको मत दिने उनको भनाइ छ ।

उनले भनिन्,‘७६(५) पनि अर्को सरकार नबन्ने कारणले कि निर्वाचनमै जानुपर्छ । हामी त मध्यावधी निर्वाचनमा नजाने संसदले पुर्ण कार्यकाल काम गर्नुपर्छ भन्दै आएकाले हामी २३ जनाले भोट हाल्ने कुरा त भइहाल्यो । पार्टीले नै निर्णय गरेर विपक्षमा बसेर भएपनि विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो प्रयास रहन्छ ।’

नेता नेपाल समूहका अर्का नेता सोमप्रसाद पाण्डेले विश्वासको मत दिने वा नदिने विषयमा सामुहिक धारणा बनाउन छलफल चलिरहेको बताए । उनले बेलुकासम्म निर्णय गरेर संसद बैठकमा जाने समेत बताए । उनले भने,‘विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गर्न हामी अनौपचारिक बैठकमै छौँ ।’

संसद बैठकअघि एमाले स्थायी कमिटीको बैठक जारी छ । जुन बैठकमा एमालेको माधवकुमार नेपाल समूहका सांसद उपस्थित भएका छैनन् ।

 

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…