बेलायतमा दुवै मात्रा खोप लगाएका स्वास्थ्य मन्त्री पनि संक्रमित

काठमाडौं – बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ । गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन् ।

खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन् । साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन् । उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन् ।

साथै बेलायतमा फेरि कोरोना भाइरसको संक्रमण फैलिएको छ । विज्ञहरुले यसलाई तेस्रो लहरको सुरुवातीको संकेत दिएको छ । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा बेलायमा थप ५४ हजार ६७४ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा कोरोनाका कारण ४१ जनाको मृत्यु भएको छ ।

यसअघि गत जनवरी १५ मा बेलायतमा एकैदिन ५५ हजार ५५३ जना संक्रमित थपिएका थिए । त्यसपछि बेलायतमा एकैदिन थपिने संक्रमितको संख्या ५० हजार धेरै फेला परेको थिएन ।

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…