२० जिबी र्‍याम, १ टिबी स्टोरेज भएको शक्तिशाली स्मार्टफोन ल्याउँदै चिनियाँ कम्पनी

काठमाडौं । चिनियाँ प्रिमियम स्मार्टफोन ब्राण्ड ZTE ले मोबाइल फोनको बजारमा तहल्का मच्चाउनेवाला छ । हालै ZTE Axon 30 सिरिजका प्रिमियम स्मार्टफोन ZTE Axon 30 Ultra 5G र ZTE Axon 30 Pro 5G लञ्च गरेको जेडटिइले हालसम्मकै शक्तिशाली स्मार्टफोन ल्याउने भएको छ ।

जेडटिईको उक्त नयाँ स्मार्टफोनमा २० जिबीको र्‍याम हुनेछ । बजारमा अहिलेसम्म आएका कुनैपनि स्मार्टफोनमा यतिधेरै क्षमताको र्‍याम उपलब्ध छैन । हालसम्म लेनेभो जस्ता केही कम्पनीले मात्रै १८ गिगाबाइटको र्‍याम भएका सीमित स्मार्टफोन लञ्च गरेका छन् ।

कतिपय प्रिमियम स्मार्टफोनहरुमा १२ जिबीसम्मको र्‍याम उपलब्ध छ । तर जेडटिईको उक्त फोनमा २० गिगाबाइटको र्‍याम मात्रै होइन १ टेराबाइटको इन्टर्नल स्टोरेज हुनेछ ।
जेडटिईका एकजना निर्देशक लु क्विआन हाओले निकट भविष्यमै उक्त शक्तिशाली फोन सार्वजनिक गरिने बताएका छन् ।

चिनियाँ माइक्रोब्लगिङ साइट विबोमा यस फोनको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भएका छन् । जस अनुसार उक्त फोनमा अन्डर डिस्प्ले क्यामरा लगायतका नेक्स्ट जेनेरेसन फिचर पनि रहन सक्ने उल्लेख गरिएको छ । –एजेन्सीको सहयोगमा

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइयो, अपहरणकाे मुद्दा दायर गर्छु : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…