‘ए’ डिभिजन लिगका लागि एनआरटीमा दुई अफ्रिकन खेलाडी अनुबन्ध

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्यूरोड टिम एनआरटीले दुई अफ्रिकन खेलाडीलाई अनुबन्धित गरेको छ ।

एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्धित गरिएको जनाएको छ । चार पटकको च्याम्पियन एनआरटीले नयाँ सिजनको ’ए’ डिभिजन लिगका लागि मोसुके र स्टेफेनलाई अनुबन्ध गरेको हो ।

क्लबले दुबै खेलाडीलाई सार्वजनिक समेत गरेको छ । त्यस्तै एनआरटीले टिमको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएको छ । यस वर्षको ’ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुँदैछ ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने कोटा अन्तर्गत दुई खेलाडीसँग सम्झौता गरिएको एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए । अन्य खेलाडी अनुबन्धको प्रक्रिया अघि बढिसकेको समेत उनले बताए । ’ए’ डिभिजन लिगको कार्यतालिका अनुसार नै खेलाडी अनुबन्धित गरिएको जोशीले जानकारी दिए ।

त्यस्तै एनआरटीका मुख्य प्रशिक्षक शाक्यले लिगमा उत्कृष्ठ प्रदर्शन गर्ने बताए । उनले दुई खेलाडीलाई अनुबन्धित गरेसंगै टीम थप बलियो भएको जिकिर गरे । पत्रकार सम्मेलनमा एन्फका अध्यक्ष कर्माछिरिङ शेर्पाले शहीद स्मारक ’ए’ डिभिजन लिग रौनक सुरु भएको बताए ।

उनले मोफसल लगाएत केन्द्रको लिगलाई व्यवस्थीत तवरले सम्पन्न गर्न त्यहि अनुसारको टाइसिट तयार गरेको जानकारी दिए । फुटबल क्षेत्रको बिकासका लागि सरकारसंग सहयोग गर्न आग्रह गरेको र सरकारले केही रकम छुट्टाएको उनले बताए ।

मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए । काठमाडौंलाई उपाधि दिलाउन दुबैले उत्कृष्ट प्रदर्शन गरेका थिए । मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । एनआरटीले २०१७ , २०१९, २०३५ र २०५२ सालमा लिग उपाधि जितेको थियो ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…