पार्टीमा विवाद गरिराख्नुभन्दा हामी पनि नेकपाजस्तै आ–आफ्नो बाटो लागौँ !

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा सहभागी कार्यकारिणी समिति सदस्यका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले आफ्नो बाटो लागेजस्तै जसपाबाट समाजवादी पार्टी र राजपा नेपाल पनि आ–आफ्नो बाटो लाग्नुपर्ने निष्कर्ष बैठकको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसँग काम गर्न नसकिने भएकाले पार्टीमा किचकिच गर्नुभन्दा राम्रोसँग सल्लाह गरेर अलग हुन उपयुक्त हुने अधिकांशको सदस्यको धारणा रहेको ती नेताले रातोपाटीलाई जानकारी दिए । जसलाई जता मन लाग्छ, उता जान स्वतन्त्र छाडिदिनु पर्ने विषयमा पनि छलफलमा कुरा उठेको उनको भनाइ छ ।

दुवै पक्षको बीचमा देखिएको विवादलाई समाधान गर्न आयोगले छलफलका लागि दुवै पक्षलाई असार २२ गते बोलाएको छ । त्यहाँ हुने छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुरको पक्षबाट यही प्रस्ताव जाने बताइएको छ ।

यता, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले भने आजको बैठकमा निर्वाचन आयोगमा आफ्नो पक्षको रणनीति तय गर्ने बारे छलफल भएको रातोपाटीलाई बताए । ‘पार्टीको विवादको बारेमा के गर्ने नगर्ने विषयमा आज छलफल भयो । आजको छलफल सामान्य र अनौपचारिक हो,’ उनले भने, ‘पार्टीमा देखिएको विवादको समाधानका लागि आयोगले बोलाएको छ । त्यहाँ हुने छलफलबाट के निष्कर्ष निस्किन्छ त्यसैको आधारमा अगाडि बढ्ने कुराकानी भएको छ ।’

निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले निवेदन दिएका छन् । सो निवेदनबारे जानकारी गराउँदै आयोगले महन्थ ठाकुरलाई आफ्नो पक्षबाट प्रमाणहरू पेस गर्न पत्र पठाएको थियो । जवाफमा अध्यक्ष ठाकुरले आफ्नो पक्षमा बहुमत रहेको र बहुमतका आधारमा पार्टी आफूहरूको हुनुपर्ने तर्कसहित निर्वाचन आयोगमा पत्र पठाएका छन् ।

दुवै पक्षको आ–आफ्नो दाबी गरेपछि आयोगले छलफलका लागि बोलाएको हो । सो छलफलमा पार्टी नै अलग गर्ने प्रस्ताव महन्थ ठाकुरबाट जाने बताइएको छ । असार २२ गते निर्वाचन आयोगमा जानुभन्दा पहिले शनिबार १९ गते पुनः कार्यकारिणी समितिको बैठक बोलाउने भनिएको छ ।

आजको बैठकमा पार्टीमा विवादपछि अर्का अध्यक्ष उपेन्द्र यादव भने एकतर्फी रूपमा सङ्गठन निर्माण गरिरहेको र त्यसमा आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरूलाई निकालिरहेको कुरा अध्यक्ष ठाकुरले धारणा राखेका थिए । प्रदेश तथा जिल्लाहरूमा यादवले सङ्गठन निर्माणका कामहरू गरिरहेको तर त्यसमा पूर्वाग्रही ढङ्गबाट आफू पक्षका नेताहरूलाई कारबाही गर्ने र निकाल्ने भइरहेको जानकारी अध्यक्ष ठाकुरले बैठकलाई गराएका थिए ।

यादवको क्रियाकलापलाई काउन्टर दिन आफ्नो पक्षबाट पनि सङ्गठन निर्माणका लागि गतिविधिहरू गर्नुपर्ने कुरा बैठकमा उठेको थियो । यादवले जसरी एकतर्फी रूपमा यताबाट सङ्गठन निर्माणका लागि कार्यहरू गर्नुपर्ने बैठकमा सुझाव आएको बैठकमा सहभागी नेताको भनाइ छ । सुझाव अनुसार अध्यक्ष ठाकुरले एउटा कार्यदल नै गठन गर्ने प्रस्ताव गरेको बताइएको छ । शनिवार बस्ने बैठकबाट सङ्गठन निर्माण तथा सुदृढीकरणका लागि एउटा कार्यदल गठन गरिने भएको छ ।

आजको बैठकमा पनि कार्यकारिणी समितिका सदस्य राजकिशोर यादव, अमृता अग्रहरी उपस्थित थिएनन् । उनीहरूको प्रतीक्षामा १ बजे बस्ने भनिएको बैठक २ बजेपछि ढिलो गरी सुरु भएको थियो ।

ठाकुरले कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो तर्फबाट २० जना राखेका थिए । ती २० जनामध्ये धेरै जना आज बैठकमा अनुपस्थित थिए ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…