दोस्रो विवाह गर्न माग गर्दै एक व्यक्ति बिजुलीको पोलमा चढेपछि…

जेन्सी । प्राय ६० वर्षका मानिसहरु माया मोह त्यागेर भगवानको भक्तिमा धेरै ध्यान दिन्छन् । धेरै भन्दा धेरै भगवानको भक्ति गरेर पुण्य कमाउन चाहान्छन् ।

तर,६० वर्षका एक व्यक्तिले भने दोस्रो विवाह गर्नको लागि पुरुषहरुले के के गर्न सक्छन् भन्ने कुरा पुष्टि गरेका छन् । भारतको राजस्थानको धौलपुर जिल्लामा ६० वर्षका एक बृद्धले दोस्रो विवाह गर्न माग गर्दै बिजुलीको खम्बामा चढेका छन् । उनी बिजुलीको पोलमा चढेको भिडियो हाल भाइरल भइरहेको छ । भिडियोमा एक युवाले धेरै मुस्किलले बृद्धालाई पोलबाट भुईमा उतारेको देखिन्छ ।

समाचारको अनुसार उनी चढेको पोलमा करेन्ट भने थिएन् । करेन्ट नभएर उनी मृत्युको मुखबाट बचेको बिजुलीका कर्मचारीहरु बताउछन् । बृद्धले विवाह गराउन परिवारलाई पोलमा चढेर दबाब दिएका थिए । बृद्धा पोलमा परिवार विवाहको लागि राजी हुने सोचका साथ चढेका थिए ।

वास्तवमा उनी हजुरबुवा भइसकेका छन् । उनको पत्नीको निधन भइसकेको छ भने उनका ३ छोरा र २ छोरीको पनि विवाह भईसकेको छ । एजेन्सी

 

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…