भारतले थप ५० हजार सैनिक चीन नजिक पठाएपछि चीन चिन्तित

काठमाडौं। भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा थप ५० हजार सैनिक पठाएको छ । यो विश्वकै दोस्रो अर्थतन्त्रविरु’द्ध भारतको ऐतिहासिक आ’क्रा’मक सैन्य कदम हो । गत वर्ष सीमामा दुवै तर्फका दर्जनौं सैनिकको ज्या’न जाने गरी झ’ड’प भएपछि अहिले यी दुई देशबीचको त’ना’व बढेको छ । यस्तोमा भारतको यो कदमले थप त’ना’व बढाउन सक्ने मानिएको छ ।

यसअघि पाकिस्तानप्रति आ’क्रा’मक रहने भारतले गत वर्षको झ’ड’पपछि इस्लामाबादसँगको तनाव कम गरेर बेइजिङलाई का’उ’न्टर दिनेतर्फ ध्यान केन्द्रित गर्ने प्रयास गरिरहेको छ ।

ब्लुमबर्गले यस विषयसँग सम्बन्धित ४ जनालाई उद्धृत गर्दै जनाएअनुसार अनुसार पछिल्ला केही महिनायता भारतले चीनसँग विवादित प्रमुख तीन सीमा क्षेत्रमा सैनिक र फइटर जेट स्क्वाड्रन पठाइरहेको छ ।

तीमध्ये २ जना व्यक्तिले बताएअनुसार अब सीमामा भारतका २ लाख सैनिक छन् । यो संख्या गत वर्षको तुलनामा ४० प्रतिशत वृद्धि हो । ब्लुमबर्गले यस विषयमा प्रतिक्रिया माग्दा भारतीय सेना र नयाँ दिल्लीस्थित प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता दुवैले प्रतिक्रिया दिन अस्वीकार गरे ।

यसअघि सीमामा भारतीय सेनाको मुख्य लक्ष्य चिनियाँ गतिविधिहरु रोक्नेमा केन्द्रित थियो । तर, यो थप तैनाथीले भारतीय सेनाका कमाण्डरहरुलाई आवश्यक परेमा चिनियाँ क्षेत्रमा आ’क्र’मण र कब्जा गर्न पनि विकल्प दिनेछ ।

सैन्य भाषामा यो रणनीतिलाई ‘आ’क्रा’मक रक्षा’ भनिने तीमध्येका एक व्यक्तिले बताए । यससँगै अब भारतीय सेनासँग सैनिकलाई एक उपत्यकादेखि अर्को उपत्यकासम्म एयरलिफ्ट गर्न धेरै हेलिकप्टरका साथै एम ७७७ लगायतका आ’र्टिलरी ह’तिया’रहरु पनि उपलब्ध भएका छन् ।

सीमा क्षेत्रमा चीनले कति सैनिक तैनाथ गरेको छ भन्ने स्पष्ट छैन । हालै चीनको जनमुक्ति सेनाले थप बल तिब्बतबाट शिनजियांग मिलिट्री कमाण्डमा ल्याएको भारतले पत्ता लगाएको थियो । यो मिलिट्री कमाण्डले नै हिमालय क्षेत्रका विवादित सीमा क्षेत्रमा गस्ती र पट्रोलिङको नेतृत्व गर्छ ।

यस क्षेत्रमा चीनले थप रनवे बिल्डिङ, ब’म प्र’ति’रोधी बंकर, सहित फा’इ’टर जेटका लागि एयरफिल्ड समेत बनाइरहेको छ । चीनले यहाँ लामो दूरीका आर्टिलरी, ट्यांक, रकेट रेजिमेन्ट र २ इन्जिन फाइटर जेट पछिल्ला केही महिनामा थपेको स्रोतले बतायो ।

उता चीनले भने भारतलाई सीमा त’ना’व कम गर्ने खालका कदम चाल्न आग्रह गरेको छ । ‘चीन र भारतको सीमा क्षेत्रको अवस्था अहिले सामान्यतया स्थिर छ र दुवै पक्ष सीमाका समस्या समाधान गर्नको लागि छलफल गरिरहेका छन्’ चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार बेइजिङमा भने ‘यो अवस्थामा संवाद, कार्य, सेनाको तैनाथी र राजनैतिक नेताहरुले यो अवस्था हटाउन प्रयास गर्नुपर्छ । दुवै पक्षबीच विश्वासको वातावरण बनाउनु पर्छ नकि विपरित बाटो लिनुपर्छ ।’

चीन र भारतबीच भएका पछिल्ला कैयौं चरणका वार्तामा अत्यन्तै न्यून प्रगति भएको अवस्थामा यी पछिल्ला घ’टनाले अझै ख’तर’नाक द्व’न्द्व हुन सक्ने त्रास बढाएको छ । ‘सीमाका प्रोटोकलहरु तोडिएका बेला दुवै पक्षका यति धेरै सैनिकहरु सीमामा हुनु निकै जोखिमपूर्ण कुरा हो’ भारतका उत्तरी सैन्य कमाण्डर रहिसकेका लेफ्टिनेन्ट जनरल डिएस हुडाले भने ‘दुवै पक्षले विवादित सीमा क्षेत्रमा आ’क्रा’मक रुपमा प’ट्रो’लिङ गर्ने देखिएको छ । एउटा सानो स्थानिय घटनाले पनि अप्रत्याशित परिस्थिति निम्त्याउन सक्छ ।’

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…