मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बोलिभियालाई हरायो

कोपा अमेरिकामा लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेसँगै अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ। मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ४-१ गोलको जित निकालेको हो।

खेलको छैठौं मिनेटमा गोमेजको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लियो। उनलाई गोल गर्न मेसीले पास दिए। मेसीले त्यसपछि दुई गोल गरे। उनले खेलको ३३ मिनेटमा पेनाल्टीमार्फत् र ४२ मिनेटमा अर्को गरी दुई गोल गरेका हुन्।

६० मिनेटमा बोलिभियाका साभेन्द्रले गोल फर्काए। ६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि चौथो गोल गरेका थिए।

यसअघि नै अन्तिम आठमा पुगेको अर्जेन्टिना चार खेलबाट १० अंक जोडेर समूह विजेता बन्यो। अर्जेन्टिनाले एक खेलमा बराबरी खेल्दा तीन खेलमा जित निकाल्यो।

समूहबाट ७ अंक जोडेर उरुग्वे दोस्रो, ६ अंक जोडेको पाराग्वे तेस्रो र ५ अंक जोडेको चिली चौथो हुँदै अन्तिम आठमा पुगे। बोलिभियामा भने सबै चार खेलमा हार व्यहोर्दै बाहिरियो।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…