चीनमा रहेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

काठमाण्डाै । चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । याङ्सी नदीको सहायक नदीका रूपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत् उत्पादन हुन थालेको समाचार संस्था एपीले जनाएको छ ।

आयोजनाको उत्पादन क्षमता १६ हजार मेगावाट रहेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत् उत्पादनमार्फत विद्युतको माग पूरा गर्ने चीनको योजनाअनुसार चीनमा ठूला जलविद्युत् गृहहरू निर्माण भइरहेका छन् ।

चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वार्षिक उत्सव मनाउन लाग्दा आयोजनाको परीक्षण उत्पादन सुरु गरेको हो । बाइहेटान बाँधको उचाइ दुई सय ८९ मिटर अग्लो छ र एक हजार मेगावाट क्षमताका १६ वटा विद्युत् उत्पादन जेनेरेटर जडान गरिएका छन् ।

विश्वकै ठूलो जलविद्युत् आयोजना थ्री गर्जेज पनि चीनमै छ । जसको उत्पादन क्षमता २२ हजार पाँच सय मेगावाट रहेको छ । यी दुवै विद्युत् आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेशनले निर्माण गरेको हो ।

जलविद्युत् आयोजनाबाट समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विशृङ्खलित बनाउने, माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने भन्दै विश्वका अन्य कतिपय देशले जलविद्युत् उत्पादनलाई त्याग्न थालेका बेला चीनले भने ठूला आयोजना निर्माणलाई जोड दिएको छ ।

बाइहेटान विद्युत् गृहबाट उत्पादित विद्युत् उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि बर्सेनि दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…