चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ।

ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले सीएनएनसँगको अन्तर्वार्तामा बताएका हुन्। चिनियाँ बढ्दो सैन्य गतिविधिले ताइवानको राष्ट्रिय सुरक्षामा चुनौती थपिदिएका कारण ताइवानले यु’द्धको तयारी गर्नुपर्ने उनको भनाइ रहेको छ।

चीनले गत मे महिनामा मात्र ताइवानका विदेशमन्त्री वुलाई ‘अलगाववादी’ को संज्ञा दिएको थियो। उनी ताइवान चीनबाट अलग्याउने खेलमा लागेको चीनको आरोप छ। त्यसबेला वुले चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा अन्तिम समयसम्म पनि आफ्ना सेनाले यु’द्ध लड्ने अभिव्यक्ति दिएका थिए।

गतहप्ता मात्र चीनका २८ यु’द्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुसेका थिए। अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै ताइवानको हवाई क्षेत्रमा घुसेर चीनले आफ्नो सामर्थ्य देखाएको ताइवानको आरोप छ। चीनले ताइवान आफ्नो क्षेत्र भएको दाबी गरेता पनि ताइवानले पछिल्लो समय आफू सार्वभौम राष्ट्र भएको बताउँदै आएको छ।

त्यहाँकी राष्ट्रपति साइ–इंग वेनले चीनको एक देश दुई प्रणालीको नीति ताइवानमा नचल्ने बताउँदै आएकी छिन्। तर ताइवान अलग्याउन चाहनेको खतरा बढेको बताउँदै चीनले गतवर्ष अलगाववादीसँग यु’द्ध गर्न तयार रहन आफ्नो सेनालाई निर्देशन दिएको थियो।

गत वर्षदेखि चीन ताइवानप्रति निकै आक्रामक बनेको छ। चिनियाँ विमानहरु दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।
यसबीचमा ताइवानको रक्षा क्षमता बढाउने भन्दै ताइवानले अमेरिकाबाट अत्याधुनिक ह’तियार खरिद गर्ने सम्झौता गरेको छ। जसका कारण चीन अमेरिकासँग निकै रुष्ट छ।

चीन र ताइवान

सन् १९४९ मा चीनमा गृहयु’द्ध समाप्त भएपछि नै चीन र ताइवानमा अलग–अलग सरकार छ। चीनले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिमा नियन्त्रण गर्ने प्रयास गरेको छ। दुवैले प्रशान्त क्षेत्रमा प्रभाव बढाउन संघर्ष गरेका छन्। पछिल्ला वर्षहरुमा तनाव झनै बाढेको छ। चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने बताउँदै आएको छ।

ताइवानले विश्वसामू आफू स्वतन्त्र राष्ट्र भएको भनेर औपाचारिक घोषणा गर्छ कि भनेर चीन चिन्तित बनेको छ। त्यसकारण चीनले सैन्य कारवाही गरेरै ताइवान कब्जा गर्ने चेतावनी दिएको हो। यद्यपी ताइवानकी राष्ट्रपति साइ इंग–वेनले दोहोर्याउँदै ताइवान पहिल्यैबाट स्वतन्त्र राष्ट्र भएको बताउँदै आएकी छिन्।

उनका अनुसार ताइवान एक सार्वभौम राष्ट्र हो जसका कारण ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको घोषणा गरिरहनु पर्दैन।
ताइवानको आफ्नै संविधान छ। त्यहाँ लोकतान्त्रिक तरिकाबाट चुनाव गरिन्छ र राष्ट्रपति चयन गरिन्छ। यद्यपी चीनले ताइवानलाई आफूसँग समाहित गर्न बल प्रयोग गर्ने सम्भावनालाई इन्कार गर्दैन।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…