भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी

लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गरेका हुन् । दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै तय गरिएको यो कार्यक्रम कोभिड १९ महामारीका एकवर्ष पछि सरेको हो ।

उक्त समारोहमा बेलायती अभिनेत्री जोआना लुम्लेको पनि उपस्थिति रहको थियो । आफू ६ वर्षको उमेर हुँदा भिसी पुनलाई देखेको भएपनि आफ्नो पिता बितेको ९ वर्षपछि मात्र उनीसँग भेट भएको उनले बताइन् । पुनसँगको भेटमा उनले आफ्नो पिताको बारेमा सोधेको र उनको मृत्यु भइसकेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण समेत गरेकी थिइन् ।

इतिहासमा पुनको नाम अंकित भइसकेको र रेलवे सेवामा समेत उनको नाम अंकित गरिनुले पुनको स्मरण अझ अमर रहने लुम्लेले बताइन् । ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेलवेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् ।

भिसी पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा सन्चालन शुरू भएको छ । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिएका थिए ।

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको उल्लेख गरेका थिए । उनले पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए ।

साथै उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु कोभिड १९ बाट जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । उक्त समरोहमा थुप्रै पूर्व गोर्खाहरुको सहभागिता रहेको थियो ।

भिक्टोरिया क्रस प्राप्त गर्ने १३ जना गोरखा सैनिकमध्ये हाल एकजना मात्र जीवित रहेका छन् । सन् १९२३ को मार्च २३ मार्चमा म्याग्दी जिल्लामा जन्मेका पुनले २१ वर्षको उमेर हुँदा दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएका थिए । सन् २०११ अप्रिल २० मा पुनको निधन भइसकेको छ ।

जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिमा रहेर काम गरेका थिए ।

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…