यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा काम

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको फेहरिस्त सुनाएका हुन् ।

उनले कोरोना नियन्त्रणका लागि आफूले इमान्दार प्रयत्न गरेको र खोप ल्याउने सम्बन्धी सबै प्रकृया पूरा गरेकोले केही दिनमा नै खोप आउने सुनिश्चित भएको दाबी गरेका छन्।

उनले पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवन माथी नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी पनि आफूले लिने धारणा राखेका छन् । ‘पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ ।’ उनले लेखेका छन्,‘यदि राजनितिको खेलमा नेपाली नागरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।’

तामाङले सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरुवात गरेको बताएका छन्। उनले सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको दाबी गरेका छन् । यसैगरी गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको स्पष्ट पारेका छन्।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…