यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति दिने

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो ।

६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था सामान्य हुन्थ्यो भने यूएई फर्किसक्नुहुन्थ्यो । तर अहिले उहाँलाई काममा फर्कन समस्या भएको छ । रमेश घर आइपुग्नासाथ नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भयो । सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि वैशाख २३ गते मध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगायो ।

सरकारले नेपाली आकाश खुलाउँदै केही सहज बनाउँदै लगेको छ । तर यूएई सरकारले भने कोरोना विरुद्धको दुवै डोज खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिँदा समस्या सृजना भएको हो ।

रमेश यूएईको ट्रान्स गार्ड कम्पनीमा सेक्युरिटीको काम गर्नुहुन्छ । पाँच वर्षदेखि यही कम्पनीमा काम गरिरहनुभएका उहाँको काम र कमाई राम्रो छ ।

‘महामारीको यो समयमा पनि एक दिन मैले बिना काम बस्न परेन, कम्पनीमा मैले सोचेभन्दा राम्रो छ, तर अहिले खोपको कारण खाइपाई आएको जागिर गुमाउनु पर्ने हो कि भन्ने चिन्ता भएको छ,’ रमेश भन्नुहुन्छ ।

यूएईमा कम्पनीले क्याम्पमै नियमित स्वास्थ्य जाँचदेखि पीसीआर परीक्षण पनि निःशुल्क गरिदिन्छ । रमेश यूएईमै छँदा कम्पनीले सबै श्रमिकलाई खोपको व्यवस्था पनि गरेको थियो । तर त्यो समयमा स्वास्थ्यमा समस्या देखिँदा उहाँले खोप लगाउन पाउनुभएन । पछि कम्पनीले बिदा दियो । दुवै डोज खोप लगाउने समय नहुँदा उहाँ खोप नलगाई नेपाल आउनुभयो ।

‘अवस्था अहिलेजस्तो थिएन, सामान्य नै भएकाले बिदाबाट आएपछि खोप लगाउला भनियो, अहिले भएको जागिर पनि खोपकै कारण जाने भयो,’ रमेश सरकारलाई अनुरोध गर्दै भन्नुहुन्छ,‘खोप दिन नसके पनि गन्तव्य देशका सरकारसँग कुरा गरेर हामीलाई विदेश जाने व्यवस्था मिलाइदेऊ, खोप उतै गएर लगाउँला ।’

सूर्य देवकोटा पनि नेपाल र दुबईबीच हुने उडान कुरेर बस्नुभएको छ । जतिसक्दो चाँडो यूएई नपुगे भिसा सकिँदै छ उहाँको ।

‘मैले जतिसक्दो चाँडो यूएई पुग्न पर्नेछ, मेरो भिसाको अवधि सकिँदै छ,’ सूर्य भन्नुहुन्छ,‘नत्र मेरो जागिर गुम्ने छ, सरकार हामीलाई कुनै उपाय देऊ ।’

के हो यूएईको पछिल्लो व्यवस्था

यूएईले मान्यता दिएको दुवै डोज खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने निर्णय गरेको छ । नेपाली श्रमिकलाई मात्र होइन यूएईको रेसिडेन्स भिसा भएकाहरु जो बिदामा गएका छन् उनीहरू यूएईले मान्यता दिएको खोपको दुवै डोज लगाएकाहरूलाई मात्र प्रवेश अनुमति दिएको हो । यूएईले स्पुतनिक भी, सिनो फार्म, फाइजर, बायोएनटेक, अक्सफोर्ड एस्ट्राजेनेका गरी चार वटा खोपलाई मान्यता दिएको छ ।

यी मध्ये एक खोपको दुवै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई यूएईले प्रवेश अनुमति दिने जनाएको छ । तर नेपाली श्रमिकका लागि भने अहिले कुनै पनि आधिकारीक निर्णयहरू आएको छैन । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै यूएईले नेपालसँगको व्यवसायीक उडानमा लगाएको प्रतिबन्ध कायम नै छ ।

नेपाल सरकारले नेपाल र यूएईबीच उडान खोल्ने निर्णय गरे पनि अहिलेको अवस्थामा नेपालबाट जहाजहरू रित्तै जानुपर्ने अवस्था छ ।

बिदामा आएका नेपाली श्रमिकको प्रवेशका सन्दर्भमा अहिलेसम्म यूएई सरकारले कुनै आधिकारिक जानकारी नदिएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइयो, अपहरणकाे मुद्दा दायर गर्छु : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…