घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्रधानलाई गैरकानुनी ढंगले प’क्राउ गरेको भन्दै बिरोध जनाएपछि सरकारी वकिलले मुध्दा नचल्ने जानकारी दिएसङ्गै प्रहरीले आज रिहा गरेको हो ।

घरबेटी र भाडामा बस्न खोज्नेबीच करारनामा नै नभएको,युवती रुपा सुनार भाडामा बस्दै नबसेको अवस्थामा घरबेटी प्रधानले जातीय विभेद गरेको भन्ने कानुनी आधार नभएको आधारसहित सरकारी वकिल कार्यालयले यसमा मुध्दा नचल्ने राय दिएको हो ।

यता यस्तै खालका कानुनमा दखल राख्ने अधिवक्ता तथा सञ्चारकर्मी अमृत खरेलले प्रधानमाथि लगाइएको आरोप निराधार भएको त्यहि दिन बताएका थिए । सामाजिक सञ्जालमार्फत् खरेलले लेखेका थिए ‘भाडामा कोठा माग्नु भाडासम्बन्धी करारको प्रस्ताव मात्र हो । प्रस्ताव मानेर कोठा दिइसकेपछि जातका आधारमा हटाउन खोजेको भए जातीय भेदभाव हुन्छ,त्यसमा मुद्दा चलाउनुपर्ने हुन्छ ।

तर कसैको प्रस्ताव नस्वीकारेकोमा जबर्जस्ती बहालको करार गरेन भनेर मुद्दा दर्ता गरिनु नै उग्रवादी सोच हो । फ्रिडम अफ कन्ट्रयाक्ट विपरीतको कार्य हो । यो सामाजिक सद्भाव भड्काउने सोच भएकाले यस्तो काम सह्य हुँदैन ।

’यता,प्रधानको परिवार,स्थानीय टोलवासी र विभिन्न संघ संस्थाले आज बिहान सरकारी वकिलको कार्यालय,बबरमहलअघिल्तिर सरस्वतीको रिहाई र समाजमा जातीय सद्भाव खल्बल्याउन खोजेको आरोपमा उनै रुपालाई पक्रेर हदैसम्मको कारबाही होस् भन्दै बिरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनमा सेभ द भ्याली, नेवा:दबु,यल समाजलगायतको सहभागिता थियो । यसैबीच गैरकानुनी रुपमा घरधनीलाई प’क्राउ गरेको बिरोधमा नेवाः देय दबू जिल्ला समिति काठमाडौंले विज्ञप्तिसमेत प्रकाशित गरेको थियो । विज्ञप्तिमा सदियौंदेखि कायम रहेको नेपाली सामाजिक सद्भावलाई बिथोल्न रुपाले गरेको सुनियोजित क्रियाकलापलाई खेदजनक भनिएको छ ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…