कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ ।

कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेका गरी पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ । तर यी कम्पनीका खोप नेपालमा भने आएका छैनन् । कुवेत जाने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनु पर्नेछ ।

साथै कुवेत पुगेपछि सात दिन क्वरेण्टीनमा अनिवार्य बस्न पर्नेछ । कोरोनाको भ्याक्सिन लगाएकाहरूको लागि सिनेमा मल लगायत रेस्टुरेन्टमा प्रवेश गर्न दिएको छ ।

सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य प्रयोग गर्न सरकारको निर्देशन छ । कुवेतले मे १३ देखि नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबिच हुने कार्गो उडान बाहेक सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाएको छ । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।

कुवेतले फेब्रुअरीदेखि नै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो ।

नेपाल आफ्नै समस्याले थिचिएको छ । खोप उपलब्ध छैन । नियमित उडान छैनन् । महँगो भाडा तिरेर जान्छु भन्दा पनि टिकट पाइँदैन । उता पुगेपछि पनि आफ्नै खर्चमा होटल क्वरेण्टीन बस्नुपर्छ । महामारी रोकथाम गर्न गन्तव्य देशले अपनाएका मापदण्ड र नेपाल सरकारका आफ्नै सीमितताले धेरै नेपाली अहिले रोजगारी गुम्ने चिन्तामा छन् ।

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…