छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा राखेर लगे

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्।

घर भाडामा नदिएकै कारण गिरफ्तार गर्न नहुने भन्दै नेवारी समुदायबाट चर्को विरोध हुनथालेपछि मन्त्री कृष्णगोपाल श्रेष्ठ घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन प्रहरी कार्यालय पुगेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो। प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भीड उपस्थित भएको थियो। भीडले प्रधानले आफूलाई जातकै आधारमार कोठा भाडामा नदिएको भनी उजुरी दिएकी रूपा सुनारविरूद्ध नारा लगाएको थियो।

घरबेटी प्रधान छुटेपछि भीडले सिठी बजाउँदै, हो-हल्ला गर्दै ‘रूपा सुनार-मु’र्दावाद!’ भन्ने नारा लगाएको थियो। रिहा भएपछि त्यहाँ उपस्थित शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिएर आफ्नो गाडीमा लिएर गए।

अनि आफ्नो झन्डावाला गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याइदिए। जातीय विभेदको आरोपमा पक्राउ परेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर घर पुर्‍याएको कुराको अहिले आलोचना भइरहेको छ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…