निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने भइन्

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो ।

अस्पतालले मंगलबार वक्तव्य जारी गर्दै सोमबारदेखि निशा ह्विल चेयरमा बस्न थालेको जनाएको छ । उनको उपचारमा संलग्न डा. पंकज जलानले निशाको स्वास्थ्यमा सुधार आइरहेको बताए । चिकित्सकले ह्विलचेयर र म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेका छन् । सबै विकल्प प्रयोग गरेर उनको उपचार गरिरहेको जलानले जनाएका छन् ।

निशाले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ ।डाक्टर जलानका अनुसार दु’र्घट’नाका कारण घिमिरेको ब्रेन इ’ञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ ।

‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’ जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिज प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’

निशाको अवस्थालाई उनले ‘जनरल कन्डिसन इम्प्रुभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दु’र्घ’टनामा परी ग’म्भीर घा’इते भएकी थिइन् । दु’र्घ’टना’लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको सं’क्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । मिडियामा समाचार आउन थालेपछि नर्भिक अस्पतालले उनको उद्धार गरेको थियो ।

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…