योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन : ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओली यस्तो बताएका हुन्।

उनले भने, ‘योगको उत्पति भारतमा भएको होइन। त्यो समय भारत भन्ने देश नै थिएन। त्यहाँ रजौटा थिए। स-साना राज्यहरु थिए। त्यसैले योगको उत्पत्ति नेपाल वा उत्तराखण्डमा भएको हो। त्यही भन्नुपर्थ्यो।’

नेपालसँग कस्तुरी भएपनि त्यसको चर्चा गर्न नसकेको उनको भनाइ छ। यसको अन्तर्राष्ट्रियकरण गर्न नसक्दा पछि परेको उनले बताए।

नेपालका विद्वानहरुले यसलाई अन्तर्राष्ट्रियकरण गर्न मञ्च नपाएको र यहाँका शासकले ध्यान नदिएका कारण भारतले संयुक्त राष्ट्र संघमा पुर्‍याएको बताए।

उनले भने, ‘हामीले हाम्रा ऋषिमुनिलाई कहिल्यै उद्धरण गरेनौं। फलानो प्रोफेसर भनिरह्यौं। हामीले हाम्रो कुरा राखेनौं। विश्वव्यापीकरण गर्न सकेनौं। उत्तरायनको सवैभन्दा लामो दिनलाई अन्तराष्ट्रिय योग दिवस मनाउने प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभयो । अन्तर्राष्ट्रिय मान्यता पायो।’

उनले महर्षि पतञ्जलीको जन्म पनि यहीँ भएर अभ्यास पनि यही भूमिमा भएको बताए। यसैगरी योगका कपिलमुनि मात्रै होइन, आयुर्वेदका महर्षि चरक जस्ता विद्वान यहीँ जन्मिएको बताए।

उनले थपे, ‘शुश्रुत जस्ता विद्वान यहीँ जन्मिएका हुन्। २७-२८ सय वर्षअघि शल्यक्रिया यहीँ गण्डकी किनारमा त्रिवेणीमा अभ्यास भएको हो। हिमाली जडिबुटीको अध्ययन बनारसमा बसेर गर्न सकिँदैन।’

उनले अध्ययन यहीँ गरेर अपरेशनको अभ्यास बनारसमा गरेको बताए। ऋषि विश्वमित्रले मन्त्रहरुको मन्त्र पनि यहीँ लेखेका उनको भनाइ थियो। उनले थपे, ‘राम लक्ष्मणलाई शिक्षा दिन विश्वमित्र कोशी तरेर पश्चिम आएका थिए। अयोध्यापुरी यहीँ थियो। बाल्मिकी आश्रम यहीँ थियो। सीताले समाधि प्राप्त गरेको देवघाट यहीँ थियो।’

ईतिहासमा गलत उल्लेख भएको बताउँदै प्रधानमन्त्री ओलीले वास्तविक इतिहास लेखिनुपर्नेमा जोड दिए। उनले भने, ‘सत्य कुरा भन्न पनि हच्किने अवस्था छ। चेतनाले एउटा भन्छ, मुखले अर्को भन्ने गरेको पाइन्छ। इतिहास र सभ्यतालाई बंग्याउन पाइँदैन।’

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…