ज्वाला संग्रौला प’क्राउ पर्नुको अर्कै रहेछ कारण

काठमाडौं । युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि अभद्र व्य’वहार गरेको आ’रोपमा प्रहरीले ज्वाला संगौलासहित तीन जनालाई प’क्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार संग्रौलाका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पनि प’क्राउ परेका छन् । उनीहरुमाथि अ’भद्र व्य’वहारसम्बन्धी कसूरमा प्रहरीले अ’नुसन्धान गरिरहेको छ ।

प’क्राउ परेकी ज्वाला आफूलाई समाजसेवी भनेर चिनाउन रुचाउँछन् । प्रहरीका अनुसार ज्वाला जापानमा बसेर वि’कृतिविरुद्ध उग्र स्टाटस लेख्न थालेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताको नोटिसमा परेकी थिइन् ।

नेपालमा टेलिभिजनकर्मी रवि लामिछाने प’क्राउ परेपछि उनले दिएका अ’भिव्यक्ति भाइरल बने । यसले उनको फ्यान फलोइङ बढ्यो । त्यसलाई प्रयोग गरेर सहयोगका नाममा उनले रकम जम्मा गर्न थालिन् ।

पुरानै वि’वाद

अहिले उनी प्रहरी हि’रासतमा पुग्नुको कारण चाहिँ पुरानो साथी खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरी हो । झापाको बिर्तामोड–१०, बिर्ताबजार घर भएकी संग्रौला र उनको चिनजान एक साहित्यिक कार्यक्रममा इलाम गएका वेला भएको थियो । संग्रौला स्नातकोत्तर सकेपछि काठमाडौंतिर आइन्, जापान पुगिन् । खुश्बु पनि काठमाडौं आइन् र एमालेको भातृ संगठन युवा संघमा आवद्ध भइन् ।

संग्रौलाले फेसबुकमा पार्टी गतिविधिको कडा आ’लोचना गरेपछि घिमिरेले प्रतिवाद गर्न थालिन् । संग्रौला सात महीनाअघि जापान छाडेर काठमाडौं आएपछि दुई जना सामाजिक सञ्जालमा झन् आरोप प्रत्यारोपमा उत्रिए ।

घिमिरेले व्यक्तिगत च’रित्रमाथि प्रश्न उठाउँदै ज्वालाविरुद्ध स्टाटस लेखिन् । त्यसपछि यो विवाद प्रहरी वृत्त, गौशालासम्म पुगेको थियो ।

गौशाला डीएसपी जितेन्द्र बस्नेतले १६ जेठमा छलफल गराउँदै गर्दा ज्वालाको समूहले घिमिरे’मा’थि कु’ट’पिट गर्‍यो । ज्वालासँगै काम गरेका एक व्यक्ति भन्छन्, ‘फेसबुकमा लेखेको विषयको कानूनी उपचार खोज्नुपर्थ्यो, कुटपिट गर्नु गलत भयो ।’

साइबर अ’प’राध’को कसूरमा आकर्षित हुने घटनामा प्रहरीले दुवै पक्षलाई छलफल गराएर मिलापत्र गरायो । दुवैको कुरा मिलेपछि घटना पनि सामसुम भयो । तर महाराजगञ्जमा एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि पुरानो घटना पुनः सतहमा आयो । प्रहरीले अनुसन्धान थाल्यो ।

रंगभेदी अभिव्यक्तिमाथि पनि छानविन हुने

अघिल्लो साता मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा एउटा भिडियो सार्वजनिक भयो, जसमा रंगभेदी शब्द प्रयोग गरेर प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई अ’पमान गरिएको थियो ।

संग्रौलाले प्रहरीलाई सुरुवातमा नाम सोधेकी थिइन् । नाम सुनेपछि उनले भनेकी थिइन्, ‘तपाईं मधेसी, अब उता मधेसतिर जाउ, खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन ।’ उनले प्रहरीको सरुवा गरिदिने पनि धम्की दिइन् ।

यही अभिव्यक्तिपछि सामाजिक सञ्जालमा संग्रौलालाई कारबाही गर्नुपर्ने माग उठ्न थाल्यो । ज्वालाले त्यो अभिव्यक्ति दिएको केही दिनमै झाको बग्गिखानामा काज सरुवा भयो । यद्यपि प्रहरी अधिकृतहरु भने त्यसवेलासम्म घ’टना’बारे थाहा नभएको र त्यो संयोग मात्र भएको दाबी गर्छन् ।

घटनामा मधेशी आयोगले पनि चासो देखायो, प्रहरी प्रधान कार्यालयलाई पनि छानविन सुरु गर्न भन्यो । त्यहीवेला पुरानो घटना सार्वजनिक भएपछि त्यसैको जाहेरीका आधारमा प्रहरीले ज्वालासहितको समूहलाई प’क्राउ गरेको हो ।

अहिले असई झालाई पनि जाहेरी दिन भनिएको छ । उनको जाहेरी परेपछि संग्रौलाविरुद्ध अभद्र व्यवहारको कसूरसहित रंगभेदी अभिव्यक्ति दिएको अभियोगमा पनि अनुसन्धान हुनेछ ।

यसैबीच, घिमिरेको तर्फबाट प्रहरी कार्यालय पुगेका युवा संघका दुई कार्यकर्ताले प्रहरीकै सामुन्ने संग्रौलालाई पनि पिटेका छन् । प्रहरीकै अगाडि कुटपिटमा संलग्न भएपछि सुजन खत्री र सुमन चित्रकारलाई पनि नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी सिंह बताउँछन् ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…