मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ ।

मुस्ताङको जोमसोमबाट सामान पुर्‍याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक दिउँसो करिव १ बजे समयमा सडक माथिबाट खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिप्रका मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जोमसोमबाट मालसामान पुर्‍याएर म्याग्दीतर्फ फर्किँदै गरेको मालवाहक ट्रक दिउँसो साढे १२ बजेपछि हिलाम्मे सडकमा फसेको थियो ।

हिलोमा फसेको ट्रक निकाल्न चालक र सहचालक उपकरणको खोजी गर्न जाँदा त्यसको १ घण्टापछि अचानक सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षत विक्षत भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिराले पुरिएकै अवस्थामा रहेको छ ।

यस्तै, अविरल वर्षाका कारण आएको पहिरोले केहीदिन अघि अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्सेमा झरनामा २ दिनसम्म एक स्कार्पियो जीप फसेको थियो । तर २ दिनसम्म पहिरोले खसेको उक्त सवारी तेश्रो दिनमा पहिराले कालिगण्डकीमा बगाएको थियो ।

मुस्ताङमा गत आइतबारदेखि परेको अविरल वर्षाले काभ्रेभीर सडकमा १५ मिटर सडक भासिएको थियो । मौसममा केही सुधार आएकाले अहिले सडक सफा गर्ने कार्य भइरहेको बताइएको छ ।

भर्खरै प्रकाशित

देउवा पुत्र जयवीरलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…