१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ।

कृषि ज्ञान केन्द्र चितवनले भारतबाट अबैधरुपमा भित्रएको ‘गोरखनाथ ५०९’ जातको १५९ बोरा ४ केजी बिउ जेठ ४ गते नारायणगढ र नवलपुरबाट नियन्त्रणमा लिइएको थियो।

३३ केजी नमूनाकोरुपमा राखेर बाँकी नष्ट गरिएको केन्द्रका बाली निरीक्षक मीनबहादुर पुनले बताए। भारतीय उत्पादनकारुपमा रहेका यो जातको धानको बिउलाई गत वर्षमात्रै राष्ट्रिय बिउविजन समितिले नेपालका लागि उपयुक्त बिउको सूचीबाट हटाएको थियो।

बिराटनगरको कोशी अग्र्यानिक मलले स्वस्तिका ट्रान्सपोर्ट प्रालिमार्फत चितवन पठाएको बिउ किसानले दिएको सूचनाको आधारमा ज्ञान केन्द्रले नियन्त्रणमा लिएको थियो। उक्त ट्रान्सपोर्टको चितवन शाखामा छापामार्दा ५० बोरा बीउ भेटेपछि खोज्दै जाँदा नवलपुरको रजहरबाट थप १०९ बोरा बीउसहितको ट्रक समातिएको थियो।

चितवनमा साझा एग्रोभेट सेवा टाँडीले २०, चितवन भेट फर्मा टाँडी, विनिता एग्रो सेन्टर अमृतचोक, एभरेष्ट एग्रो इन्टरनेशनल नारायणगढ र प्रसान्त एग्रोभेट खुरखुरेले १०/१० किलो बिउ मगाएका थिए।

१०९ बोरा बिउ रुपन्देही र दाङका लागि थिए। बिउ मगाउने चितवनका एग्रोभेटहरुलाई १०/१० हजार रुपैयाँ जरिबाना लगाइएको छ। उनीहरुलाई आइन्दा पुन: सोही काम दोहोर्‍याए थप कारबाही गर्ने चेताबनी दिइएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए। अन्य जिल्लाको हकमा सम्बन्धित कार्यालयमा कारबाहीका लागि सिफारिस गरिएको उनले बताए।

१५९ वटा बोरामा ३६/३६ किलोका प्याकेट थिए। ती प्याकेटहरु खोलेर खाल्डोमा हालेर नष्ट गरिएको उनले बताए। ढकालले उक्त बीउलाई आवश्यक प्रकृया पुरा गरेर नष्ट गरिएको बताए।

जफत गरिएको बिउ मूल्यांकन तथा नष्ट गर्ने निर्देशिका २०७३ अन्तर्गत बिउको कारोबारमा संलग्नलाई कारबाहीगरी बिउ नष्ट गरिएको हो।  नष्ट गरिएको धानको बजार मूल्य अहिले २५ लाख रुपैयाँ छ।

कृषि ज्ञान केन्द्रकाअनुसार बिउका लागि तयार पारिएको यो धान खानका लागि उपयुक्त थिएन। बिउको प्याकेटमै खानाका लागि प्रयोग गर्न नहुने उल्लेख गरिएको छ। साथै बिउ विजन प्रयोगशाला हेटौंडामा परीक्षण गर्दा पनि खान योग्य नदेखिएपछि अन्तिम विकल्पकारुपमा नष्ट गरिएको उनले बताए।

व्यवसायिकरुपमा तयार गरिएका बिउमा धानमा रोग किरा नलागोस् भनेर अ‍ौषधीको प्रयोग गर्ने गरिन्छ।

केन्द्रका ढकालकाअनुसार जातीय गुण लुकाएर विक्रीवितरण गरेको भेटिएपछि बिउविजन समितिले गोरखनाथलाई बिउको सूचीबाट हटाएको थियो।

‘नेपालमा वषौंदेखि हाइब्रिड भनेर लगाइंदै आएको त्यो बिउ हाइब्रिड नै होइन रहेछ,’ उनले भने, ‘त्यो भेटिएपछि समितिले सूचीबाट हटाएको थियो। सूचीमा नपरेको बिउ कारोबार गर्न नपाइनेमा यसरी कारोबार भइरहेको रहेछ।’

कोरोनाको महामारीलाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञाको फाइदा उठाउँदै धानको बिउको अवैध धन्दा भएको हो। महामारीको समयमा औषधीको कालोबजारीबाट बिरामी मर्कामा परिरहँदा बिउमा पनि अवैध धन्दा देखिएको थियो। निषेधाज्ञाको समयमा अति आवश्यक कृषि सामग्रीको ओसारपोसारमा छुट दिइँदा यसैको फाइदा उठाउँदै सरकारले अनुपयुक्त भनेर सूचीबाट हटाएको बिउको कारोबार भएको थियो।

दुई वर्षअघि हाइब्रीड भनेर विक्री गरिएको गरिमा जातको धान रोप्दा विभिन्न जिल्लामा धानमा बाला नलाग्ने समस्या देखिएको थियो। त्यतिखेर गरिमा बिउकै कारण चितवनका किसानहरुले मात्र १० करोड १९ लाख रुपैयाँ भन्दा बढीको क्षति व्योहोरेका थिए। त्यसपछि सरकारले बिउ वितरण गर्ने कम्पानीलाई कारबाही गर्दै किसानलाई क्षतिको २५ प्रतिशत राहत उपलब्ध गराएको थियो।

गरिमा बिउमा बाला नलागेपछि सुरु भएको अनुसन्धानका क्रममा गोरखनाथ ५०९ हाइब्रिड नभएको खुलेको थियो। गरिमा भने हाइब्रीड भएपनि कम्पनीले प्याकेट भित्र अर्कै बिउ हालेर विक्री गरेको भेटिएको थियो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका धान जोन अधिकृत माधव पौडेल गोरखानाथ जातको बिउ किसानको माझमा लोकप्रिय बिउ भएपनि अबैधरुपमा भित्रिएको बीउको गुणस्तरको कुनै भर नहुने बताए। मसिनो चामल हुने, मध्यम अवधिमा फल्ने र पराल राम्रो हुने भएकाले यो धान किसानको रोजाईमा पर्ने गरेको छ।

चितवनमा २९ हजार हेक्टर भन्दा बढी जमिनमा धान खेती हुने गरेको छ। एक विघाका लागि ४० किलो बिउ आवश्यक पर्छ। नेपालमा अहिले ७ चैते र १३८ जातका वर्षे धानका बिउहरु सूचीकृत छन्। हाइब्रिड बिउको आयात बढ्दै जाँदा नेपालमै उत्पादित बिउको प्रयोग कम हुँदै गएको छ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…