चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका डिएसपी भेषराज रिजालले तामाकोशीमा पानीको बहाव बढे पनि जोखिम नरहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘हिजो-अस्तिको भन्दा थ्रेट कम भएको छ ।’

चीनको टिंग्री काउन्टीको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको जानकारी चिनियाँ पक्षले गराएको थियो । अहिले चिनियाँ पक्षले नै नदीको बहाव कन्ट्रोलमा रहेको जानकारी दिएकाले तत्कालको जोखिम टरेको विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए ।

बहाव बढ्यो

दोलखाको बिगु गाउँपालिका-१ लप्चीको सिमानामा थुनिएको नदीमा बाढी आउन सक्ने र यसले क्षति पुर्याउन सक्ने आशंका थियो । डीएसपी रिजालका अनुसार तामाकोशी ड्यामको अहिले चारवटा ढोका खोलिएको छ । तामाकोशीमा बिहान साढे ५ बजे गरिएको मापनमा जलसतह १९७९.८ रेकर्ड गरिएको र पानी डिस्चार्ज २६० घनमिटर प्रतिसेकेण्ड रहेको डिएसपी रिजालले बताए ।

‘तामाकोशीमा लेदोसहितको बाढी आएको छ, बहाव बढेसँगै डिस्चार्ज लेभल पनि बिस्तारै बढाउँदै गएका छौं,’ डीएसपी रिजालले भने, ‘सम्भावित जोखिमको सामना गर्न आवश्यक पूर्वतयारी गरेका छौं ।’

शनिबार नै विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर सम्भावित जोखिम विश्लेषण गरी दोलखाका जोखिम क्षेत्रका बासिन्दालाई राख्न सिंगटीमा तीनवटा टेन्ट बनाइएको थियो ।

जोखिम व्यवस्थापनको पूर्वतयारी स्वरुप माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको थियो भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले गएराति ९ः५५ बजे जरुरी सूचना जारी गर्दै दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । तामाकोशीमा बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार तथा रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्ने अनुमान छ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…