जर्मनीको जीतमा अनौठो रेकर्ड

जर्मनीले साबिक विजेता पोर्चुगललाई हराउँदै नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ । शनिबार भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलले हराएको हो ।

खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो । खेलको १५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, चार मिनेटको अन्तरमा पोर्चुगलले दुई आत्मघाती गोल गर्यो । रुबिन डियास र राफायल गुरेरोले पोर्चुगलका लागि आत्मघाती गोल गरे । योसँगै पोर्चुगल यूरो वा विश्वकपमा एकै खेलमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टोली बनेको छ ।

उता, जर्मनी पनि युरोपियन च्याम्पियनसीपको एउटै संस्करणमा आत्मघाती गोल गर्ने र आत्मघाती गोलबाट फाइदा लिने पहिलो टोली बनेको छ । फ्रान्सबिरुद्धको खेलमा जर्मनीले आत्मघाती गोल गरेको थियो ।

दोस्रो हाफको सुरुवातमा नै काइ हाभर्टजले जर्मनीका लागि तेस्रो गोल गरे भने रोबिन गोसेन्सले जर्मनीको अग्रता फराकिलो बनाए । पोर्चुगलले मुख्य प्रतियोगितामा हालसम्म दुई पटक मात्र एकै खेलमा चार गोल खाएको छ । दुवै पटक विपक्षी टोली जर्मनी रहेको छ ।

६७ औँ मिनेटमा डिआगो जोटाले पोर्चुगललाई फर्काउने प्रयास गरे पनि त्यसपछि कुनै गोल हुन सकेन । ग्रुप अफ डेथ मानिएको समूह एफमा फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । जर्मनी र पोर्चुगलको ३–३ अंक रहेको छ ।

हंगेरीले फ्रान्सलाई बराबरीमा रोक्यो

हंगेरीले विश्व च्याम्पिन फ्रान्सलाई शनिबार युरो २०२० मा १–१ को बराबरीमा रोकेको छ । समूह ‘एफ’ को खेलमा हंगेरीले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । तर एक अंक बटुल्न भने सफल रह्यो र ‘ग्रुप अफ डेथ’ समूहबाट नकआउट पुग्ने सम्भावना कायम राख्यो ।

फ्रेन्क पुस्कास रंगशालामा ६७ हजार दर्शक अगाडि भएको खेलमा हंगेरीले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । एटिला फिओलाले सुन्दर गोल गरेका हुन् । फ्रान्सले ६६ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । एन्टोन ग्रिजमनले नजिकको दूरीबाट शक्तिशाली प्रहारमा गोल गरे ।

यो नतिजापछि फ्रान्सको दुई खेलबाट चार अंक भएको छ । फ्रान्सले आफ्नो पहिलो खेलमा जर्मनीलाई हराएको थियो । हंगेरी भने डिफेन्डिङ च्याम्पियन पोर्चुगलको हातबाट पराजित भएको थियो । पोर्चुगलको ३ अंक रहेको छ भने जर्मनी बिना कुनै अंक अन्तिम स्थानमा रहेको छ ।

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…