खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण देखाउँदै त्यहाँको अदालतले निकासीमाथि नै प्रतिबन्ध लगाएको छ । बंगलादेशले नेपालभन्दा पहिले नै भारतसँग खोप खरिद गर्ने सम्झौता गरेको थियो । उसले पनि पाएको छैन ।

भारतले अमेरिकाले खोप उत्पादनमा आवश्यक कच्चा पदार्थ (केमिकल) मा रोक लगाएपछि भारतमा खोप उत्पादन हुन छाडेको बताउँदै आएको छ । अन्तर्राष्ट्रिय राजनीतिलाई हेर्दा यतिखेर अमेरिका र भारतको राजनीतिक छाता एउटै हो । चीनविरोधी राजनीति र व्यापारको रणनीतिमा उनीहरू सँधै एउटै मोर्चामा देखिने गरेका छन् । तर, त्यहि अमेरिकाले भारतलाई खोप उत्पादनमा असहयोग पुग्ने गरी कच्चा पदार्थमा रोक लगाउनुको पछाडि अन्तर्राष्ट्रिय राजनीति प्रमुख कारण रहेको बताइन्छ ।

अमेरिकाले भारतलाई उपलब्ध गराउँदै आएको कच्चा पदार्थ रोक्नुमा युरोपियन युनियन (इयु) ले अनिच्छा देखाएको बेलायतको अक्सफोर्ड अष्ट्राजेनेका भ्याक्सिनसँग जोडिएकाले हो । भारतमा उत्पादित सेरमको कोभिशिल्ड खोप बेलायती अष्ट्राजेनेकाको भारतीय संस्करण हो । युरोपका फ्रान्स, जर्मनीलगायतका सबैजसो मुलुकले बेलायती अष्ट्राजेनेकाप्रति अनिच्छा देखाउनुको कारण बेलायत युराेपियन युनियनबाट बाहिरिएपछि त्यसप्रति अरुची देखाएका हुन् ।

एउटा बेलायत एकातिर र बाँकी युरोप अर्कोतिर हुनेगरी बेलायतले गरेको राजनीतिक निर्णयको विरुद्धमा उनीहरू बेलायतको खोप अघोषित रुपमा बहिष्कार गर्न बाध्य भएका हुन् । त्यसको सोझो फाइदा अहिले अमेरिकालाई पुगेको छ ।

अमेरिका विश्वका अधिकांश देशमा बेलायती खोपले बजार नलिओस् भन्नेमा सचेत हुँदै आफ्नो रणनीतिलाई अघि बढाइरहेको छ । त्यसले भारतको सेरमले उत्पादन गर्ने खोप बेलायतको अष्ट्राजेनेका जस्तै हो । त्यसैले अमेरिका दक्षिण एसियामा अझ भारतमै पनि बेलायती खोपले महत्व नपाओस् भन्नेमा सचेत देखिन्छ ।

अहिले कोरोनाविरुद्धको खोपमा विशेषगरी बेलायत–अमेरिका, बेलायत–भारत र भारत–अमेरिकाबीचको छुट्टछुट्टै राजनीतिले घर गरेको छ । त्यसैले मानिसको जीवनसँग सम्बन्धित विषय भएकाले विश्वमा अहिले कोरोनाविरुद्धको खोपलाई औषधिभन्दा पनि अन्तर्राष्ट्रिय राजनीतिको रणनीतिक हतियारको रुपमा विकसित हुँदै आएको छ । कसको खोप राम्रो ? कसले धेरै बिक्री गर्ने ? र, कसको प्रभाव बढी ? भन्ने राजनीतिले काम गर्न थालेको कुटनीतिक विश्लेषकहरूले बताएका छन् ।

केही समयअघि भारतको सेरमले उत्पादन गरेको खोपले विश्व बजारमा आधिपत्य जमाउने आशयको खबर बाहिरियो । निकै सस्तो खोप उत्पादन गरेर भारतले चीनलाई समेत उछिनेको प्रचार भयो । भारतको उक्त रणनीतिलाई नजिकबाट हेरिरहेको अमेरिकाले सेरमलाई आ’क्रा’मक ढंगले कोरोना विरुद्धको भ्याक्सिन उत्पादन गर्न नदिने रणनीति लियो । भारतलाई सस्तो खोप उत्पादन गर्न दिँदा आफ्नो महँगो जोन्सन एण्ड जोन्सनको खोप बिक्री नहुने पक्का थियो ।

जोन्सन एण्ड जोन्सन अमेरिकी कम्पनी हो । त्यो खोप बिक्रीका लागि पहिले नै अमेरिकाले भारत, जापान र अष्ट्रेलिया सम्मिलित क्वाड ग्रुपसँग एउटा समझदारी गरिसकेको थियो । त्यस्तो खोप भारतले उत्पादन गर्ने, अमेरिकाले त्यसको वौद्धिक अधिकार राख्ने, जापानले लगानी गर्ने र अष्ट्रेलियाले एसिया प्रशान्त क्षेत्रका मुलुकलाई उक्त खोप खरिदको लागि आर्थिक सहायता प्रदान गर्ने समझदारीका कारण भारत अहिले अप्ठेरोमा परेको हो ।

सेरमको कोभिशिल्डसँग प्रतिस्पर्धा गर्नसक्ने अमेरिकी जोन्सन एण्ड जोन्सनको भ्याक्सिन मात्रै रहेको विज्ञहरू बताउँछन् । जोन्सनको एक मात्रा खोप लगाए पुग्छ तर सेरमको तुलनात्मक रुपमा सस्तो छ । त्यसैले बेलायती अधिकारप्राप्त खोप भारतमा उत्पादन गर्न अप्ठेरो पार्न अमेरिकाले कच्चा पदार्थमा कटौती गरिदियो ।

भारतले तेस्रो विश्वमा अब आफू खोपको लागि प्रमुख राष्ट्र भएको आवाज दिन थाल्यो । चीनभन्दा पनि अघि बढेर ६० देखि ७० वटा देशमा उसले खोप अनुदान दिएर मार्च महिनामा नै बजारीकरण गर्यो । तर, अमेरिकालाई भारतको त्यो काममा चित्त बुझेन । प्रजातन्त्र र राजनीतिको विषयमा चीनसँगको लडाईंमा उ एक हुन चाहन्छ । तर आफ्नै जोन्सन एण्ड जोन्सनको खोपविरुद्ध आएको व्यापारलाई कुनै पनि हालतमा सहयोग गर्न अमेरिका तयार थिएन । त्यहि रणनीतिमा खोप उत्पादनमा प्रभाव पर्ने गरी कच्चा पदार्थ निकासीमा भारी कटौती गरिदियो ।

अहिले देखिएको खोप राजनीति विश्वको वृहत्तर भूराजनीतिभित्रका पछिल्ला खेल हुन् । भारतले चीनसँग मात्रै प्रतिस्पर्धा गर्न खोजेको भए अमेरिकाले भारतलाई खोप उत्पादनको निम्ति कच्चा पदार्थ दिइरहन्थ्यो, त्यसमा कुनै शंका नै छ्रैन । तर, त्यसो गर्दा पनि जोन्सन एण्ड जोन्सनको खोप बिक्री गरेर अरबौं डलर कमाउने अमेरिकाको चाहना भने पूरा हुँदैनथ्यो ।

भारतमा उत्पादित सेरमको कोभिशिल्ड खोप ४ डलरमा बिक्री हुन थालेपछि विश्वका अरु कसैको पनि खोप बिक्री नहुने निश्चित हुँदै गएको थियो । अमेरिकाका मोर्डना र फाइजरको खोपको भाउ ६ गुणासम्म महँगो देखिन्छ ।

त्यसैले अहिले विश्वमा देखिएको महामारी र खोपको सम्बन्ध अरबौं डलरको व्यापार पनि हो । यो भूराजनीति पनि हो । प्राविधिक सर्वोच्चता कसले कायम राख्ने भन्ने राजनीति पनि हो । एकजना कुटनीतिज्ञ भन्छन् ‘खोपको अनुसन्धान र प्रविधिमा कसले नेतृत्व गर्ने भन्ने होडबाजी पनि हो । समग्रमा खोप भनेको शक्तिराष्ट्रको राजनीतिक लडाईं र विश्वमा अब कसले शासन गर्ने भन्नेसम्मको योजना हो ।’

उनै कुटनीतिज्ञले भने ‘चीनको मोबाइल कम्पनी हुवावेको फाइभजीको राजनीति पनि अन्तर्राष्ट्रिय राजनीतिकै एउटा अंग हो । जसले फाइभजीमा फ्ड्को मार्यो उसको आरएण्डडीमा आधिपत्य हुनु स्वाभाविक हो । त्यसपछिको डाटा सोही कम्पनी वा देशले लैजाने निश्चित छ । त्यसपछि संसारमा चिनियाँ शासनको माहौल बन्ने भएकाले पश्चिमा राष्ट्रहरू एकजुट भएर हुवावेको विरोध गरे ।’

विश्वमा अहिले डाटालाई न्यू आयल (नयाँ तेल) भनिन्छ । जसरी सन् ७० को दशकमा मध्यपूर्वका देश र विश्व महाशक्ति राष्ट्रहरूको राजनीति तेलसँग जोडिएको थियो । अहिले त्यहि साउदी अरेबियाको शक्ति ३० वर्षअघिको तुलनामा भुत्ते भएको छ । अब सर्वत्र शक्ति डाटामा गएकाले डाटा इज पावर भन्न थालिएको छ ।

कोरोनाविरुद्धको खोप पनि त्यस्तै विश्व राजनीतिको अंग बनेर अघि आएकाले अहिले खोप किन्ने, बेच्ने र अनुदान दिने सबै काम राजनीतिसँग जोडिएको छ । विश्वमा अहिले भ्याक्सिनलाई न्यू प्रडक्ट भन्न थालिएको छ ।

नेपालको सन्दर्भमा भारतले खोप उपलब्ध गराउन नसकेको र धेरैले चिनियाँ भ्याक्सिन लगाउँदा विश्वास बढेको बताएपछि नेपालमा चिनियाँ खोप्रति आकर्षण देखिएको छ । आठ लाखले चिनियाँ भ्याक्सिन लगाएको कारण अहिले नेपालीको चिनियाँ खोपप्रतिको आस्था बढेको देखिन्छ । भारतले बैना लिएको रकमको समेत खोप उपलब्ध गराउन सकेको छैन । आफ्नै नागरिकलाई खोप उपलब्ध गराउन उसलाई धौ धौ भएको छ । स्वयम् भारले रुसबाट स्पुतनिक खोप खरिद गर्ने कुरोलाई समेत अघि बढाएको देखिन्छ । यो भनेको खोप कुटनीतिमा भारत पूर्णरुपमा असफल बनेको हो ।

यता चीनसँग खोप खरिद गर्नेबारे नेपालको सोमबारको क्याबिनेटले सैद्धान्तिक सहमति दिएको छ । मूल्यको बारेमा अरु देशको तुलनामा निकै सस्तोमा दिइने र मूल्य सार्वजनिक गर्न नहुने उसको पहिलो शर्त रहेको छ । आवश्यक संख्या र डेलिभरीको सम्बन्धमा चीन तयार रहेको बताइन्छ । उसले यस्तो वचन तेस्रो विश्वका धेरै वटा देशलाई समेत दिएको छ ।

नेपालले अमेरिकाको जोन्सन एण्ड जोन्सनको खोप पनि खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । त्यसका लागि विश्व बैंक मार्फत् खरिद गर्न सबै जिम्मा उसैलाई दिइएको छ । विश्व बैंकको नेपालस्थित प्रतिनिधि र यसमा राम्रैसँग भिडेका छन् । ५० लाख डोज खोपको निम्ति विश्व बैंकले जोन्सन एण्ड जोन्सनलाई पैसा तिर्ने र विश्व बैंकले किनेर नेपालमा ल्याइदिने भनेर बैंकले आवश्यक प्रस्ताव नेपाल सरकारलाई समेत जानकारी गराइसकेको छ ।

अहिले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युनिसेफ र विश्व स्वास्थ्य संगठनमा अमेरिका किन आफ्नो आज्ञाकारी नेतृत्व राख्न चाहन्छ भन्ने कुराको समेत पुष्टि भएको छ । खोपलाई समेत त्यसैगरी प्रयोग गर्ने रणनीति बनाउँदा भारत र बेलायत अचम्मसँग पाखा लागेका छन् ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…