गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट कसैले गरेनन्

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो।

सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको आवाज सुने। उनीहरूलाई अचम्म लाग्यो तर कसैले गंगाबाट बाकस बाहिर निकाल्ने आँट गरेनन्। बाकसभित्र बच्चा रोइरहेको सुनेपछि स्थानीय गुल्लु मल्लाह भने गंगामा पसे र बाकस किनारमा ल्याए।

बाकस खोलेर हेर्दा त्यहाँभित्र रातो कपडामा बेरिएकी एउटा बच्ची थिइन्। उनको शरिरमा कुनै चोट पटक थिएन बरू बाकसमा हिन्दु देवी दुर्गाको तस्बिर पनि टाँसिएको थियो।

बाकसको छेउमा ती बच्चीको नाम र जन्म मिति उल्लेख भएको कागज थियो। जसमा उनको नाम ‘गंगा’ लेखिएको थियो भने जन्म मिति २५ मे २०२१ उल्लेख गरिएको थियो।

‘मैले गंगामातालाई कन्यादान गरेको छु,’ पनि लेखिएको कागजमा ‘ॐ’ र ‘जय माँ दुर्गा’ पनि लेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बच्चीलाई गुल्लुले आफ्नी छोरीजस्तै पाल्छु भनेर घर ल्याए। घरमा उनकी बुहारीले दूध खुवाएपछि बच्ची शान्त भइन्। त्यतिञ्जेलसम्म प्रहरीले पनि यो कुरा थाहा पाइसकेको थियो। प्रहरीले गुल्लुको घरबाट ती बच्चीलाई ल्याएर अस्पतालमा भर्ना गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको सबै लालन-पालन राज्य सरकारले गर्ने बताएका छन्। उनले बच्चीको उद्धार गर्ने गुल्लुले मानवीयताको अनुपम नमूना देखाएकाले सरकारी सुविधा दिने घोषणा गरेका छन्। ती बच्चीलाई कसले, किन त्यसरी गंगामा बगायो भन्ने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

 

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…